ईरानमा पक्राउ परेका नेपालका अमृत झा रिहाईको लागि परिवारको हारगुहार
पक्राउपछि झाको सुरक्षा र स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी नआएको परिवारको गुनासो छ। परराष्ट्र मन्त्रालयले भने आफ्ना कूटनीतिक नियोगमार्फत घटनाबारे बुझ्ने र आवश्यक पहल जारी राखिएको जनाएको छ। परिवारले झाको सुरक्षा सुनिश्चित गर्दै यथाशीघ्र रिहाइ गराउन सरकारसँग माग गरेको छ।

२०८२ चैत ११ बुधबार, बिहान १०:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । ईरानमा पक्राउ परेका उदयपुरको त्रियुगा नगरपालिका–११ निवासी ३३ वर्षीय अमृत झालाई रिहाईको लागि परिवारजनले हारगुहार लगाएका छन् ।
झा इरानस्थित ब्ल्याक सी मरिन एलएलसी कम्पनीमा पानीजहाज चालकका रूपमा कार्यरत रहेकोमा तेल लिएर आउँदै गर्दा उनलाई ईरानी सेनाले पक्राउ गरेको हो ।
परिवारका अनुसार उनी दुबईबाट इन्धन लिएर फर्किने क्रममा बन्दर अब्बास नजिक इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्। उनलाई हाल होरमुज जलडमरूमध्य आसपासबाट पक्राउ गरी बन्दर अब्बास कारागारमा राखिएको दाबी गरिएको छ।
परिवारजनले सोमबार परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्री र सचिवसँग भेट गरी झाको अवस्थाबारे जानकारी गराउँदै शीघ्र रिहाइका लागि पहल गर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार झा तेल ढुवानी गरेर फर्किने क्रममा Israel–United States आक्रमणपछिको क्षेत्रीय तनावका कारण नियन्त्रणमा लिइएको हुनसक्ने अनुमान गरिएको छ।
पक्राउपछि झाको सुरक्षा र स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी नआएको परिवारको गुनासो छ। परराष्ट्र मन्त्रालयले भने आफ्ना कूटनीतिक नियोगमार्फत घटनाबारे बुझ्ने र आवश्यक पहल जारी राखिएको जनाएको छ। परिवारले झाको सुरक्षा सुनिश्चित गर्दै यथाशीघ्र रिहाइ गराउन सरकारसँग माग गरेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…