संविधान संशोधन बहस सुरु हुँदै, ज्ञानेन्द्र शाहीसहितका नेताहरु बस्दै, मधेशवादीले तोकेनन प्रतिनीधि

२०८२ चैत २५ बुधबार
बिहान १०:०३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमान्डौँ । प्रधानमन्त्री बालेन शाह का प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को पहिलो बैठक आज बस्न लागेको छ। 

यो महत्वपूर्ण बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने तय भएको छ, जसलाई वर्तमान राजनीतिक परिदृश्यमा निकै चासोका साथ हेरिएको छ।

कार्यदलमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू समावेश छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट मोहन आचार्य, एमालेबाट संविधानसभा सदस्य डा. भीष्मनाथ अधिकारी, माओवादी केन्द्रबाट पूर्व कानुनमन्त्री देवप्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाबाट महासचिव मनोज भट्ट सदस्यका रूपमा रहेका छन्। यसका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल पनि कार्यदलमा सहभागी छन् भने सदस्य सचिवको जिम्मेवारी लिलाधर सुवेदीले सम्हालेका छन्।

यता, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र श्रम संस्कृति पार्टीले भने हालसम्म आफ्ना प्रतिनिधि तोक्न सकेका छैनन्। ती दलहरूभित्र आन्तरिक छलफल जारी रहेको र सम्भवतः आजै प्रतिनिधि टुंगो लाग्ने संकेत नेताहरूले दिएका छन्। संविधान संशोधनसँग प्रत्यक्ष सम्बन्ध राख्ने यो कार्यदलको बैठकले आगामी दिनमा देशको राजनीतिक दिशा र शासन प्रणालीमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाधाममा मेयरमाथि कुटपिटको आरोप ‘झुटो’ भएको कर्मचारीहरूको दाबी

  • २०८२ चैत २५ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका का कर्मचारीहरूले नगर प्रमुखमाथि लगाइएको कुटपिटको आरोप असत्य रहेको दाबी गरेका छन्। उनीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउँदै सामाजिक सञ्जालमा फैलाइएको समाचार

पूरा पढ्नुहोस्

Bureau Menus