देश काल'समग्र मधेश, एक प्रदेश' को लागि आन्दोलनको लागि तयार रहन कार्यकर्तालाई राउतको निर्देशन
‘समग्र मधेश एक प्रदेश’लाई सम्झिदै उनले भने, ‘मधेश आन्दोलनको माग २२ वटा जिल्लालाई एउटै बनाउने रहेको तर आठ वटा जिल्लामा सीमित गरिएकाले आन्दोलन आवश्यक भएको छ । विगतमा यसै मागलाई लिएर मधेशी दलहरुले सशक्त आन्दोलन गरे पनि सत्ता लालसाको कारण मधेश प्रदेश ८ जिल्लामा खुम्चिएको हो । ‘हाम्रो कुनै माग पूरा भएको छैन ’ उनले भने, अहिले नागरिकताको समस्या समाधान भएको भनिन्छ तर त्यो पनि कार्यान्वयन हुन्छ कि हुँदैन भने ठेगान नभएकाले आन्दोलन गर्न आवश्यक छ ।’
३ वर्ष अगाडि · देश काल










