सूर्यको गर्मीले यसपाली तिलमिलाउँदै योगेन्द्र पँजीयार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका योगेन्द्र पँजीयार एमालेलाई पछयाउँदे जानु परेको छ । क्षीरेश्वरनाथ नगरपालिकाका निवर्तमान मेयर समेत रहेका नेपाली काँग्रेसका पँजीयारले ५३७१ मत ल्याएर पछाडी रहेका छन् भने एमालेका सुखदेव यादव ५९४५ मत ल्याएर अग्रता कायमै

२०७९ जेठ ८ आइतबार, बिहान ७:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका योगेन्द्र पँजीयार एमालेलाई पछयाउँदे जानु परेको छ ।
क्षीरेश्वरनाथ नगरपालिकाका निवर्तमान मेयर समेत रहेका नेपाली काँग्रेसका पँजीयारले ५३७१ मत ल्याएर पछाडी रहेका छन् भने एमालेका सुखदेव यादव ५९४५ मत ल्याएर अग्रता कायमै राखेका छन् ।
दम्भको भरमै करिब ५ बर्ष नगरपालिका चलाएका पँजीयारलाई क्षीरेश्वरनाथवासीले पत्याउन नसकेको सँकेत दिएको छ । एमालेबाट लडेका सुखदेवले सुखद मत प्राप्त गरेका छन् ।
विभिन्न वडाको मत गणना हुँदा अझै एमालेका सुखदेव यादव विहानसम्म ५७४ मतले अग्रता कायमै राखेका छन् । सुखदेवको अग्रताले पँजीयार तिलमिलाउँदै देखिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…