आनन्द ढुँगानाप्रतिको वफादारीः बुवाको क्रियामा बसेका दिपकले खसाले भोंट
प्रदेश सभा सभापतिका पार्टीगत सहमति नहुँदा चुनाव प्रक्रियामा गएको छ । पार्टी नियम बमोजिम चुनाव प्रक्रियामा गएको र बुवा बितेको अवस्थामा पनि पार्टी प्रती वफादारको उदाहरण देखाएको भन्दै ढुँगानाले दिपकको सराहना गरे ।

२०७८ मंसिर ९ बिहीबार, बेलुकी ७:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका प्रभावशाली नेता एवम् केन्द्रीय सदस्य आनन्द प्रसाद ढुँगानालाई समर्थन गर्न बुवाको क्रियामा बसेका एक कार्यकर्ताले भोंट खसालेका छन् ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन जारी रहँदा धनुषाको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) मा निर्वाचन चलिरहँदा क्रियामा बसेका धनुषाधाम नगरपालिका वडा नम्बर ९ बस्ने दिपक शशाँकले आफ्नो नेताप्रतिको वफादारी साबित गरेका छन् ।
नेता आनन्द ढुँगानाको तर्फबाट नेता ऋषिकेश लामाको प्यानल मतदानमा सहभागी हुँदा उनलाई समर्थन गर्दै क्रियामा बसेका शशाँकले भोंट हालेका छन् । उनी क्रियामा बसेको पोशाकमै गएर भोँट खसालेपछि नेता ढुँगानाले सम्मान पनि गरे ।
प्रदेश सभा सभापतिका पार्टीगत सहमति नहुँदा चुनाव प्रक्रियामा गएको छ । पार्टी नियम बमोजिम चुनाव प्रक्रियामा गएको र बुवा बितेको अवस्थामा पनि पार्टी प्रती वफादारको उदाहरण देखाएको भन्दै ढुँगानाले दिपकको सराहना गरे ।
अहिले मतदान जारी रहेको छ । मतदान सकिए पपश्चात मतगणनाको अन्तिम परिणाम आउनेछ । राती १० बजेसम्म अन्तिम परिणाम आउने मतदान अधिकृत लालबाबु यादवले बताए ।
आनन्द प्रसाद ढुगांनाको तर्फबाट सभापति ऋषिकेशा लामाको प्यानल रहेको छ र पार्टी भित्रकै आन्तरिक प्रतिस्पर्धामा मदन यादवले समेत उम्मेदवारी दिएका हुन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…