
न्यूज ब्यूरो, जनकपुरधाम । करिब एक महिनादेखि शिक्षकहरु सडकमा रहेको बेला अब देशका डाक्टरहरु पनि आन्दोलनमा उत्रेका छन् ।
शिक्षकपछि डाक्टरहरु समेत आन्दोलित भएपछि स्वास्थ्य सेवा प्रवाहमा गम्भिर असर पर्ने भएको छ ।
आवासीय चिकित्सकहरुलाई सरकारी आठौ तह सरहको सेवा सुविधा उपलब्ध गराउनु पर्ने सरकारको निर्णयलाई मेडिकल कलेजहरुले वेवास्ता गरेको भन्दै चिकित्सकहरु सडकमा ओर्लिएका हुन । बिहीबार माइतीघर मण्डलामा आन्दोलनरत चिकित्सक र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलसँग गरिएको संवादबाट निकास ननिस्केपछि थप आन्दोलनका कार्यक्रम अघि सारिएको हो ।
नयाँ कार्यक्रम अनुसार शुक्रबार सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज, क्लिनिकलगायत बन्द गरिने भएको छ ।
चिकित्सकहरुले आज केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ र जिल्ला प्रशासन कार्यालय घेराउलाई निरन्तरता दिने संघले जनाएको छ ।
आन्दोलनका कारण आज देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प हुने भएको छ।
यसैबीच नेपाल चिकित्सक संघ जनकपुरले सबै चिकित्सकहरुलाई आकस्मिक बाहेकको सेवा अवरुद्ध गरि आन्दोलनमा सहभागि हुने आह्वान गरेको छ । चिकित्सक संघ जनकपुरका अध्यक्ष डा. रामजी यादवले आज विहान ११ बजे देखी १२ बजे सम्म जिल्ला प्रशासन कार्यालय धनुषामा धर्ना दिने र त्यस पछि जनकचोकमा कोण सभा गरिने जनाइएको छ ।
अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?
- २०८२ बैशाख १२ शुक्रबार
न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ । महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु
पूरा पढ्नुहोस्