'समग्र मधेश, एक प्रदेश' को लागि आन्दोलनको लागि तयार रहन कार्यकर्तालाई राउतको निर्देशन
‘समग्र मधेश एक प्रदेश’लाई सम्झिदै उनले भने, ‘मधेश आन्दोलनको माग २२ वटा जिल्लालाई एउटै बनाउने रहेको तर आठ वटा जिल्लामा सीमित गरिएकाले आन्दोलन आवश्यक भएको छ । विगतमा यसै मागलाई लिएर मधेशी दलहरुले सशक्त आन्दोलन गरे पनि सत्ता लालसाको कारण मधेश प्रदेश ८ जिल्लामा खुम्चिएको हो । ‘हाम्रो कुनै माग पूरा भएको छैन ’ उनले भने, अहिले नागरिकताको समस्या समाधान भएको भनिन्छ तर त्यो पनि कार्यान्वयन हुन्छ कि हुँदैन भने ठेगान नभएकाले आन्दोलन गर्न आवश्यक छ ।’

२०८० जेठ २८ आइतबार, बिहान ८:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनपकुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश र मधेशीले कुनै अधिकार नपाएकाले आन्दोलनका लागि तयार रहन आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
वीरगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राउतले भने, मधेशीहरुले अहिलेसम्म कुनै अधिकार प्राप्त नगरेकाले आन्दोलनका लागि तयार रहनुपर्छ ।
‘समग्र मधेश एक प्रदेश’लाई सम्झिदै उनले भने, ‘मधेश आन्दोलनको माग २२ वटा जिल्लालाई एउटै बनाउने रहेको तर आठ वटा जिल्लामा सीमित गरिएकाले आन्दोलन आवश्यक भएको छ । विगतमा यसै मागलाई लिएर मधेशी दलहरुले सशक्त आन्दोलन गरे पनि सत्ता लालसाको कारण मधेश प्रदेश ८ जिल्लामा खुम्चिएको हो । ‘हाम्रो कुनै माग पूरा भएको छैन ’ उनले भने, अहिले नागरिकताको समस्या समाधान भएको भनिन्छ तर त्यो पनि कार्यान्वयन हुन्छ कि हुँदैन भने ठेगान नभएकाले आन्दोलन गर्न आवश्यक छ ।’
जनमत पार्टी सांसद र मन्त्री बन्न र बनाउनका लागि आएको पार्टी नभएको उनले दाबी गरे । अध्यक्ष ‘अरू कुनै पार्टीले एउटा मन्त्रालय पाउने वितिक्कै ती पार्टीका अध्यक्ष नै सरकारमा जान तछाडमछाड गर्थे तर जनमत पार्टीका अध्यक्षले अरूलाई पठाएको छ ’ राउतले भने, मेरा लागि पद र पैसा ठूलो होइन् ।
जनमतका अध्यक्ष राउतले पद र पैसाको चाहना नभएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…