कमला नगरपालिकाको काँग्रेस सभापतिमा यादव निर्वाचित
नगर कार्य समितिको सचिवमा त्रिभुवन (गौत्तम) यादव र सँतोष लखनदई निर्वाचित भएका छन् । नेपाली काँग्रेसको नगर कार्य समितिको उपसचिवमा जीतन महरा र सरोज यादव निर्विरोध भएका छन् ।

२०७८ मंसिर ८ बुधबार, बिहान ८:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाको नगर सभापतिमा शिवशँकर यादव निर्वाचित भएका छन् ।
नेपाली काँग्रेसको १४ औँ अधिवेशनबाट यादव मतदान प्रक्रियाबाट ५९ मत ल्याई विजयी भएका हुन् । मँगलबार भएको निर्वाचनको क्रममा उनी नगर सभापतिमा विजयी भएको हो ।
नेपाली काँग्रेसमा सक्रिय रहँदै आएका यादव सभापतिमा पहिलेदेखि नै आकाँक्षी रहेका थिए । यस्तै, उपसभापतिमा कुशेश्वर मरिक र महादेव यादव निर्वाचित भएका छन् ।
नगर कार्य समितिको सचिवमा त्रिभुवन (गौत्तम) यादव र सँतोष लखनदई निर्वाचित भएका छन् । नेपाली काँग्रेसको नगर कार्य समितिको उपसचिवमा जीतन महरा र सरोज यादव निर्विरोध भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…