जनकपुरमा 'युथ एक्सन फोर्स' नेटवर्क
यस संगठनको हरेक गतिविधि समाजिक हितमा समर्पित हुनेछ ।

२०७६ बैशाख ७ शनिबार, बेलुकी ५:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका युवाहरुको सक्रियतामा छाता संगठनको रुपमा युथ एक्सन फोर्स नाम सँजाल गठन गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकामा विभिन्न वार्डका युवाहरूको सक्रियतामा युथ एक्सन फोर्स नामक संजाल गठन गरिएको हो । संगठनको प्रमुखमा सर्वसहमतिले युवा नेता प्रशान्त झा चयन भएको छ ।
जनकपुरधाम उद्योग बाणिज्य संघमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सामाजिक अभियान्ता तथा उद्योग बाणिज्य संघका महासचिव जितेन्द्र महासेठको उपस्तिथिमा संगठनका पदाधिकारीले महासेठको हातबाट फुलमाला लगाए पद ग्रहण गरेका थिए ।
चयन गरिएको २१ सदस्यीय समितिको उपाध्यक्षमा मनिष मंडल, पंकज साह, कोषाध्यक्षमा दिपक यादव, महासचिवमा अमित साह, सचिवमा निरज गुप्ता, सदस्यमा ईजाज अन्सारी ,सरोज साह, धनन्जय यादव, किसन साह, राजु मंडल, देव मंडल, सुस्वेट लाभ, उदय यादव र गौरभ सिंह चयन भएको छ भने संगठनको सल्लाहकारमा धर्मेन्द्र यादव (धिरु) राज कमल सिंह, उपेन्द्र साह, अरुण यादव, अभिजित सिंह, अजित मंडल छनोट भएको छ ।
सो संगठनको बारेमा छोटो प्रतिक्रिया दिदै संगठनका प्रमुख झाले भने - "अहिले देशमा,नगरमा, वडामा जताततै भ्रष्टाचार,मौलाएको छ, विकृति बढेको छ,पीडितले न्याय नपाएर थप पीडा खेप्नुपरेको छ यस्तो अवस्थामा अब हामी युवाले पार्टी भन्दा माथी उठेर पीडितको पक्षमा र अन्यायको विरुद्धमा सम्बन्धि निकायमा दबाब सिर्जना गर्न एक जुट हुनुपर्ने दिन आएको छ त्यसै अनुरुप आज हामी उर्जाशिल,जोशीला र क्षमतावान युवाहरूलाई एकीकृत गरि एउटा युथ एक्सन फोर्स संगठन निर्माण गरेका छौ। यस संगठनको हरेक गतिविधि समाजिक हितमा समर्पित हुनेछ ।"
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…