प्रमुख समाचारदुई हप्ताभित्रै कमला पूलको पुनः निर्माण सुरु हुन्छः मन्त्री श्रेष्ठ
ल भासिएको लामो समयसम्म कमला नदीमा २०६८ सालमा पुल निर्माण सुरु भएको थियो । पप्पु कन्स्ट्रक्सनले ४२ महिनाभित्रै सक्ने गरी २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का पाएको थियो । उसले सात वर्षमा पनि पुल निर्माण पूरा गर्न नसकेपछि हुलाकी राजमार्ग सडक निर्देशनालयले पप्पु कन्सट्रक्सनसँगको ठेक्का खारेज गरेको थियो । त्यसपछि २०७८ असार १३ गते ४ सय ७० मिटर लामो पुल निर्माण सक्नेगरी लुम्बिनी बिल्डर्सलाई ठेक्का दिइएको थियो । केही बाँकी काम सकेर साउन २०७८ मा उद्घाटनको तयारी गरिएको थियो तर उद्घाटन हुनु अगाडि नै अविरल वर्षासँगै आएको बाढीले पुल भत्केको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार










