
न्यूज ब्यूरो, राजविराज । सप्तरीको सदरमुकाम राजविराजस्थित रहेको मालपोत कार्यालयका एक कर्मचारी विगत १२ बर्षदेखि मात्र घुस उठाउन प्रयोग गरिएको खुलेको छ ।
मालपोत कार्यालय राजविराजको कर्मचारी रेकर्डमा हलुका सवारी साधन चालक पदमा कार्यतर कर्मचारी अमरकान्त देव मालपोत कार्यालयबाट घुस उठाउने मुन्सीको रुपमा चिनिएका छन् ।
विभिन्न कार्यको लागि मालपोत कार्यालय जाने सेवाग्राहीहरुसँग विभिन्न बहानमा घुस लिने कर्मचारी अमरकान्त देव यसअघि घुस काण्डमै पक्राउ पनि परेका थिए । तर, उनले अझै घुस लिने बानी भने त्यागेका छैनन् ।

विगत १२ बर्षदेखि मालपोत कार्यालयमै अड्डा जमाएर बसेका कर्मचारी अमरकान्त देव मालपोत कार्यालयका अन्य कर्मचारीहरुको लागि समेत घुस उठाउने मुन्सीको रुपमा चिनिएका छन् । हाकिम, प्रमुखहरुसँग समन्वय गरी सेवाग्राहीबाट घुस उठाउनको लागि अमरकान्त देव एक मात्र मोहरा हुन् ।
हाकिमसँग कुरा मिलाइदिन्छु, काम छिटो र छरितो गराइदिन्छु भनेर दलाली समेत गर्दै आएका कर्मचारी अमरकान्त देवले कार्यालयमा काम गर्ने विभिन्न शाखाको कर्मचारीको भाग परेको घुस पनि उठाएर दिने गरेका छन् । सो वापत अमरकान्त देवले केही प्रतिशत कमिशन लिने गरेको स्रोतको भनाइ छ ।
सार्वजनिक भएको एक भिडियोमा उनले एक लेखापढी व्यावसायी (लेखनदास) सँग घुस लिइरहेको अवस्थाको हो । मालपोत कार्यालयका सबभन्दा पुराना कर्मचारी हुन अमरकान्त देव । बर्षौदेखि अडडा जमाएर मालपोतमै बसेका अमरकान्त देव कार्यालयभित्र हुने घुसखोरीको सम्पूर्ण जिम्मेवारी एक्लै काँधमा उठाएका कर्मचारी हुन ।
मालपोत कार्यालयमा आउने सेवाग्राहीसँग हाकिमहरुको लागि घुस उठाउने एक मात्र एजेन्टको रुपमा कार्यरत कर्मचारी अमरकान्त देवको यो दैनिकी कार्य हो । नेपाल सरकारको पदीय जिम्मेवारीमा उहाँ हल्का सवारी चालक पदमा भएपनि मालपोत कार्यालयमा विगत १२ बर्षदेखि घुस उठाउन प्रयोग मात्र भईरहेका छन् ।
अहिले मोठ शाखामा समेत कार्यरत कर्मचारी अमरकान्त देवले लेखापढी व्यावसायी मार्फत आउने सेवाग्राहीसँग ५०० देखि २० हजार रुपैयाँसम्म घुस उठाउने गरेका छन् । अमरकान्त देव मालपोत कार्यालय सप्तरी राजविराजका पुराना कर्मचारी हुन् । उनी मालपोत कार्यालयमै विगत १२ बर्षदेखि राजनीतिक पावरको आडमा कार्यरत छन् ।
२०६८ साल फागुनमा सोही मालपोत कार्यालयमा ५०० रुपैयाँ घुससहित रँगेहात पक्राउ परेका अमरकान्त देवले अझै घुसखोरीको बानी त्यागेका छैनन् ।
मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुलाई चिनेको लेखापढी व्यावसायी लेखनदास कहाँ पठाएर चर्को शूल्क दिन लगाई त्यसबाट पनि कमिशन असुल्ने वसुलीभाई बनेका अमरकान्त देवलाई अझै प्रशासनले कारवाही गर्न सकेको छैनन् । राजनीतिक पावरकै आडमा अडडा जमाएका अमरकान्त देवको यो भिडियोमा कसरी घुस लिइरहेको भनेर प्रष्ट हेर्न सकिन्छ ।
जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी
- २०७९ फाल्गुण १६ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् । आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२
पूरा पढ्नुहोस्