बलात्कार मुद्दामा अदालतबाट सफाई पाएलगत्तै रिहा भए अभिनेता पल शाह 

तनहुँ अदालतले शाहलाई गत माघ ३ मा सफाइ दिएको थियो  ।

२०७९ फाल्गुण १५ सोमबार
दिउसो १२:०३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । बालिका बलात्कार मुद्दामा जेल काटेर अभिनेता पूर्णविक्रम शाह उर्फ पल शाह रिहा भएका छन् । मुद्दामा अदालतले सफाई दिएपछि उनी सोमबार (आज) रिहा भएका हुन् । 

जबर्जस्ती करणी अभियोगमा दाबी नपुग्ने भन्दै उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता शाह सोमबार जिल्ला कारागार तनहुँबाट रिहा भएका छन् ।

बाल यौन दुरुपयोगको अभियोगमा पूर्वी नवलपरासी जिल्ला अदालतबाट दोषी ठहर भएका पूर्णविक्रम (पल) शाहलाई उच्च अदालत पोखराले आइतबार सफाइ दिएको हो । कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यका अनुसार शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएका छन् । शाहका तर्फबाट वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, कृष्णबहादुर थापा, अधिवक्ता माधव घिमिरे, गणेशप्रसाद अधिकारी र जनकराज ढुंगानाले बहस गरे भने नाबालिगका तर्फबाट आइतबार उच्च सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता रामप्रसाद अधिकारीले बहस गरेका थिए ।

 शाहविरुद्ध नाबालिगलाई जबर्जस्ती करणीको मुद्दामा पूर्वी नवलपरासी जिल्ला अदालतले बाल यौन दुरुपयोग ठहर गर्दै साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले भदौ २१ मा उक्त फैसला गरेको थियो ।

फैसलाविरुद्ध शाहले सफाइ दिन माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । शाहविरुद्ध एक नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतमा मुद्दा परेको थियो ।

तनहुँ अदालतले शाहलाई गत माघ ३ मा सफाइ दिएको थियो  ।

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

कमला नदीमा बनाइएको अस्थायी कलभर्ट रातभरिमै बगाईयो 

  • २०७९ फाल्गुण १५ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा र सिरहा जिल्ला जोडने कमला नदीमा ठेकेदारले बनाएको अस्थायी कलभर्ट एक रातमै बगेको पाइएको छ ।  कमला पूलभन्दा दक्षिणतर्फ सोमबार मात्र निर्माण गरिएको अस्थायी कलभर्ट मँगलबार

पूरा पढ्नुहोस्

Bureau Menus