परिक्रमाको स्वागतको लागि सबैला नगरपालिकाका मेयर यादवको सक्रियतामा सरसफाइ
आज महोत्तरीको कँचनवनमा होली खेलेका परिक्रमाका धार्मिक यात्रीहरुले भोली मँगलबार धनुषा प्रवेश गर्ने भएको छ । क्षीरेश्वरनाथ हुँदै धनुषाधामको पर्वतमा विश्रामपछि बुधबार धनुषाधाम तथा विहिबार सतोषर विश्राम लिने भएको छ ।

२०७९ फागुन १५ सोमबार, राति ९:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । सबैला नगरपालिकाको मेयर कारी राम यादबको सक्रियतामा मधेसको महा कुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमाको लागि बृहत सरसफाइ कार्यक्रम संचालन गरेका छ्न ।
धनुषाधामबाट परिक्रमा सहभागी श्रद्धालु भक्तजन साधु सन्त सबैला नगरपालिकाको मखनाहा हुँदै सबैला नगरपालिका वडा नम्बर ९ सतोषरधाम पुग्ने भएपछि सो स्थानहरुमा सफाई अभियान सँचालन गरेका छन् ।
आज महोत्तरीको कँचनवनमा होली खेलेका परिक्रमाका धार्मिक यात्रीहरुले भोली मँगलबार धनुषा प्रवेश गर्ने भएको छ । क्षीरेश्वरनाथ हुँदै धनुषाधामको पर्वतमा विश्रामपछि बुधबार धनुषाधाम तथा विहिबार सतोषर विश्राम लिने भएको छ ।
सबैला नगरपालिकाको सतोषरमा परिक्रमा यात्री आउने भएपछि आजदेखि नै सरसफाई सुरु गरिएको मेयर यादवले बताए । परिक्रमामा सहभागीहरुले प्रयोग गरिने सबैला नगरपालिका भित्रका सडकहरुको सरसफाइ तथा अतिक्रमन गरिएको बाटो खुलाउने काममा नगर प्रमुख अहिले रातदिन खटिएका छन ।
.jpg)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…