सर्लाहीको बलरामा प्रथम मेयर कप क्रिक्रेट प्रतियोगिता सुरु, सर्लाहीको १२ टिम भिडदै 

२०७९ फाल्गुण १५ सोमबार
दिउसो ३:५३ बजे
राधेश्याम कुशवाहा

न्यूज ब्यूरो, सर्लाही । मधेश प्रदेशको सर्लाही जिल्लास्थित बलरा नगरपालिकाको आयोजनामा मेयरकप क्रिक्रेट प्रतियोगिता सुरु भएको छ ।  

बलरा नगरपालिका वडा नम्ब ७ स्थित जनता माविको खेल मैदानमा पहिलो मेयर कप सुरु भएको  हो । आज एक कार्यक्रमबीच पूर्व संविधान सभा सदस्य शिवपुजन रायले उदघाटन गरेका हुन । 

कार्यक्रमको उदघाटन रायले क्रिकेट खेलेर गरेका थिए । रायले ब्याटिँग सम्हालेका थिए भने नगरपालिकाका मेयर रामाशंकर कुशवाहाले बलिँग गरेका थिए । 

नगरका १२ वटा टिमका बिच हुने मेयर कपमा प्रथम हुने टोलीलाई २५,००० हजार नगद, दोश्रो हुनेलाई १५,००० र तेस्रो हुनेलाई १०,००० हजार सहित कप, मेडल सहित प्रमाण पत्रको व्यवस्था गरिएको मेयर कप संयोजक अमित कुमार सिंहले जानकारी दिए  ।  

मेयर कपलाई उदघाटन गर्दै पूर्व संविधान सभा सदस्य शिवपूजन रायले खेलकुदको माध्यमबाट स्थानिय स्तरलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत छुटै पहिचान दिलाउन सकिने भएकाले यसलाई निरन्तरता दिनुपर्ने उहाँले जोड दिए । 

“यसबसाट शरिरलाई स्वास्थ पनि राख्न मदत गर्छन”– उनले भने । स्वास्थ नागरिक उत्पादनमा पनि मद्दत मिल्ने उनको भनाई थियो । बलरामा सुविधा सम्पन्न खेलकुद मैदान निर्माणका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्वतता समेत उनले व्यक्त गरे ।  

बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहाले स्थानिय स्तरमा राम्रो खेलाडी उत्पादन र भएका खेल प्रतिभालाई प्रोत्साहन गर्न मेयर कपको आयोजना गरेको बताए । 

शिक्षा, स्वास्थ जस्तै खेलकुदको विकास बिना नगरको विकासको कुनै औचित्य नहुने बताउँदै नगरले खेलकुदलाई पनि प्राथमिकतामा राखेको उनको भनाई थियो । 

यहाँबाट उत्पादन भएका खेलाडी मधेस प्रदेश तथा राष्ट्रिय टिममा खेल्ने अवसर प्राप्त गरोस भने चाहना राखेका छौं, उनले भने ।  यसका अगामी आर्थिक बर्षदेखि थप बजेट विनियोजन गरी भव्य तथा सभ्य तरिकाले खेलकुद आयोजना गरिने बताए । 

बलरा नगरमा कम्तिमा एउटा सुविधासम्पन्न खेलकुदको मैदानको आवश्यकता महसुस गरेको बताउदै निर्माणका लागि पहल गरिने उनले बताए । 

बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको उदघाटन समारोहलाई उमेश कुशवाहाले संचालन गरेका थिए । 

उदघाटन समारोहमा गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादव, सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव, जिल्ला प्रहरी कार्यलय, सर्लाहीका प्रहरी उपरिक्षक नरेश सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यलय सर्लाहीका उपनिर्देशक संन्तोष ढुंगेल, नगरका ११ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, खेलाडी, संचारकर्मीको साथै हजारौंका संख्यामा स्थानियवासीहरुको सहभागिता रहेको कार्यक्रम संचालक उमेश कुशवाहाले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०७९ फाल्गुण १५ सोमबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus