मालपोत कार्यालय जनकपुरबाट एक दलाल पक्राउ
पासवानले मालपोत कार्यालयमा आउने सेवाग्राहीहरू संग छिटो काम गराई दिन्छु भनि रूपैयाको वार्गेनिङ गरि रहेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको हो ।

२०७९ फागुन १५ सोमबार, राति ८:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित मालपोत कार्यालय धनुषाबाट एक दलाल (विचौलिया) लाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको प्रहरीले मालपोत कार्यालय धनुषामा सेवाग्राहीलाई हैरान पार्ने बिचौलियालाई पक्राउ गरेको हो । सोमबार (आज) प्रदीप प्रसाद पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।
मालपोत कार्यलायमा बिचौलियाको काम काज हुँदैछ भन्ने विशेष सुचनाको अधारमा प्रहरी सहायक नीरिक्षकको कमाण्डमा खटिएको विशेष अनुसन्धान टोलीले अन्दाजी बर्ष ४६ को प्रदिप प्रसाद पासवानलाई पक्राउ गरेको हो ।
पासवानले मालपोत कार्यालयमा आउने सेवाग्राहीहरू संग छिटो काम गराई दिन्छु भनि रूपैयाको वार्गेनिङ गरि रहेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…