पेस्तोलसहित पासवान पक्राउ
यस्तै, प्रहरीले शनिबार गणेशमान चारनाथ नगरपालिका– ५ सेलार स्थित जंगलबाट १२ वोरको भरुवा बन्दुक एक थान वेवारिसे अवस्थामा बरामद गरेको छ । उनलाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय ढल्केवरमा राखिएको छ ।

२०७९ फागुन १५ सोमबार, बिहान ८:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका– १७ तेतरिया बजारबाट २२ वर्षीय भरोस पासवान पक्राउ परेका छन् । धनुषा प्रहरीले आइतबार हंसपुर नगरपालिका– ४ का पासवानलाई पक्राउ गरेको छ ।
उनी माथि शंका लाग्दा प्रहरीले खानतलासी गरेको थियो । उनले लगाएको कालो रंगको ज्याकेटको खल्ती भित्रबाट कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली एक राउण्ड फेला परेको धनुषा प्रहरीले जनाएको छ ।
पासवान अहिले धनुषा प्रहरीको हिरासतमा छन् । उनी माथि धनुषा अदालतबाट म्याद थप गरी हातहतियार खरखजाना शीर्षकमा मुद्दा चलाइएको छ ।
यस्तै, प्रहरीले शनिबार गणेशमान चारनाथ नगरपालिका– ५ सेलार स्थित जंगलबाट १२ वोरको भरुवा बन्दुक एक थान वेवारिसे अवस्थामा बरामद गरेको छ । उनलाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय ढल्केवरमा राखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…