देश कालजनकपुरका सबै विद्यालयहरु एक हप्ताको लागि बन्द
जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका समुदायिक तथा सँस्थागत विद्यालयहरु आगामी जेठ २६ गतेसम्म विदा रहने भएको छ । जेठ २८ गते आईतबारदेखि मात्र पुनः सँचालन हुने उल्लेख छ । नगरपालिकाले जारी गरेको सूचनामा आकस्मिक गर्मी विदा दिएको हो । विद्यालय पढन जाने बालबालिकाहरुमा अत्यधिक गर्मीको कारण प्रतिकूल असर पर्न थालेपछि आकस्मिक विदा दिएको हो ।
३ वर्ष अगाडि · देश काल











