बैँक लुट्ने लुटेराहरुको खोजी तिब्र, अझै फेला परेनन लुटेरा
‘लुटपाटमा चार जनाको टोली छ । एक तलामाथि रहेको बैंकमा पुगेर, लोकल मेड हतियार देखाएर लुटपाट गरेको देखिन्छ,’मल्लले भने, ‘ थप अनुसन्धान भइरहेको छ ।’ लुटेराको खोजीमा नेपाल प्रहरीलाई सशस्त्र प्रहरीले पनि सघाएको छ ।

२०८० जेठ १८ बिहीबार, बिहान ८:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकमा भएको लुटपाटको घटनामा संलग्न व्यक्तिहरुको खोजी जारी रहेको महोत्तरी प्रहरीले जनाएको छ ।
महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखा कार्यालयमा मंगलबार दिउँसो मास्क लगाएका चारजना युवाहरुले पेस्तोल देखाएर नगद लुटपाट गरेका थिए । लुटेराहरु मोटरसाइकल चढेर फरार भएका थिए । लगत्तै प्रहरीले सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीहरुको बयानका आधारमा खोजी शुरु गरेको थियो ।
महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले हुलियाको आधारमा लुटेरा समूहको खोजी जारी रहेको जानकारी दिए । मल्लले भने, ‘शंकास्पद व्यक्तिहरुलाई स्क्रिनिङ जारी राखेका छौं, तर हालसम्म कोही पक्राउ परेका छैनन् ।’ उनले नेपाल–भारत सीमा नाकामा कडाइ गर्दै शंकास्पद व्यक्तिहरुसँग सोधपुछ र निगरानीको काम जारी रहेको बताए ।
‘लुटपाटमा चार जनाको टोली छ । एक तलामाथि रहेको बैंकमा पुगेर, लोकल मेड हतियार देखाएर लुटपाट गरेको देखिन्छ,’मल्लले भने, ‘ थप अनुसन्धान भइरहेको छ ।’ लुटेराको खोजीमा नेपाल प्रहरीलाई सशस्त्र प्रहरीले पनि सघाएको छ ।
सो समूहले यसअघि करीब ३५ लाख रुपैयाँ लुटपाट गरेको बैंकका कर्मचारीले अनुमान गरे पनि १५ लाख १ हजार ४९३ रूपैयाँ मात्र लुटिएको पुष्टि भएको एसपी मल्लले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…