
न्यूज ब्यूरो, राजविराज । मधेश प्रदेश सप्तरी राजविराजका सुरेश मुखियाले डकुमेन्ट्रीको लागि राष्ट्रिय स्तरको पुरस्कार जितेका छन् ।
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जमा बेस्ट स्टोरी कन्सेप्ट एण्ड डायरेक्सनको अवार्ड उनले हात पारेका छन् । भिडियो डकुमेन्ट्रीको क्षेत्रमा कुशल कार्य सम्पादन गर्दै आएका सुरेशले राष्ट्रिय स्तरको प्रतियोगितामा आफ्नो पहिचान बनाउन सफल भएका छन् ।
काठमाडौंको राष्ट्रिय सभागृहमा शनिबार आयोजित उक्त प्रतियोगितामा ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जमा उत्कृष्ट भिडियोको उपाधि टिम डुलुवाको ‘दि नर्थेन वाल’ ले जितेको छ । उपाधिसँगै उक्त भिडियोले पाँच लाख रुपैयाँ जितेको छ ।
‘जजेज च्वाइस अवार्ड’ आर्यन कुँवरको ‘मयूरी चाल’ ले दुई लाखसहित हात पार्यो । प्रतियोगिताको ‘मोस्ट एर्नजेटिक भिडियो मेकर’ अवार्ड टिम डुलुवाकै ‘मेरो गाउँ तकसेरा’ ले जितेको छ । यसले एक लाख नगदसहित अवार्ड जित्यो ।
प्रतियोगितामा कुल १० विधामा अवार्ड प्रदान गरिएको थियो । जसमा सुरेश मुखियाले निर्माण गरेको “डिहबार थान” नामक भिडियो वृतचित्रले पुरस्कार पाउन सफल भएको हो । तराई मधेश, मिथिलाको सँस्कृतिलाई भिडियो मार्फत दर्साएका मुखियाले निर्णायकहरुको मन जित्न सफल भएका हुन् ।
तराई मधेशको गाउँ गाउँमा स्थापित डिहबार थानलाई उनले भिडियो मार्फत विश्व सामु राख्ने प्रयास गरेका हुन् । सो भिडियो डकुमेन्ट्री डिहबारको मान्यता, किम्बदन्ती र वास्तविकतालाई फिल्माएका हुन् । सो डकुमेन्ट्रीमा मुखियाले उत्तम कनसेप्ट र उत्तम निर्देश गरेपछि अवार्ड पाउन सफल भएका हुन् ।
‘फ्युचर स्टार अफ दि इयर’ आदर्श पाण्डे, ‘मोस्ट पोटेन्सियल डेस्टिनेसन’ सन्दकपुर गाउँपालिका, ‘वेस्ट एडिटर’ आकाश धिमाल, ‘वेस्ट स्क्रिप्ट भ्वाइस ओभर’ रुमण थापा, ‘वुनम भिडियो मेकर अफ दि इयर’ गरिमा भण्डारी र ‘वेस्ट सिनेमाटोग्राफर’ सन्तोष मालेकरले जनही एक लाख रुपैयाँसहित अवार्ड जिते । सन् २०२० देखि २०२३ सम्म बनाइएका देशभरका २ सय ५८ भिडियोमध्येबाट छनोट भई ७० वटा भिडियो अन्तिम मनोनयनमा छनोट भएका थिए । प्रतियोगिता फाउन्डेसन र नेपाल टेलिभिजनको संयुक्त आयोजनामा भएको हो ।
कार्यक्रममा आयोजक वी वील राइज फाउन्डेसनका संस्थापक तथा अध्यक्ष तुलसीकुमार गुरुङले प्रतियोगिताको पहिलो संस्करणले ओझेलमा रहेका थलोहरू उजागर गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै आफ्नो गाउँठाउँ चिनाउने यस अभियानलाई निरन्तरता दिइरहने बताए ।
फाउन्डेसनका निर्देशक तथा कार्यक्रम संयोजक निर्मल श्रेष्ठले विदेशमा बस्ने नेपालीका लागि समेत लक्षित गरी अर्को विधा थपिने बताए । ‘प्रतियोगीमा आफ्नो देश र गाउँठाउँ आफैंले चिनाउनुपर्छ भन्ने हुटहुटी हेर्दा यसलाई निरन्तरता दिनुपर्छ भन्ने जोस अझ बढेको छ,’ श्रेष्ठले सुनाए, ‘उत्कृष्ट १० भिडियोलाई विभिन्न देशमा प्रदर्शन गरिनेछ ।’
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाहले नेपालको विकास ऊर्जा र पर्यटनबाट मात्र सम्भव देखाएको उल्लेख गर्दै उनले पर्यटन क्षेत्रमा अगाडि बढ्न यस्ता प्रतियोगिताले धेरै महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
फाउन्डेसनले उदार भावना र महान उद्देश्यसहित यो कार्यक्रम आयोजना गरेकोमा प्रमुख अतिथिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले धन्यवाद व्यक्त गर्दै भने, ‘आगामी दिनमा यस्ता प्रतियोगिताले नेपालको पहिचान र प्रगतिलाई अझ उचाइमा पुर्याउन सफल बनोस् ।’
जनकपुरमा 'मिटरब्याज साहुहरु' ले गरे प्रहरी प्रशासन विरुद्ध नाराबाजी
- २०८० जेठ १६ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । प्रशासनले मिटरब्याजीहरुलाई कानुनी दायरमा ल्याउन थालेपछि मिटरब्याज साहुहरुले समेत प्रशासनको विरुद्धमा आन्दोलन थालेको छ । विभिन्न गाउँबाट आएका साहुहरुले मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेका छन् । विहिबार
पूरा पढ्नुहोस्