जनकपुरका सबै विद्यालयहरु एक हप्ताको लागि बन्द
जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका समुदायिक तथा सँस्थागत विद्यालयहरु आगामी जेठ २६ गतेसम्म विदा रहने भएको छ । जेठ २८ गते आईतबारदेखि मात्र पुनः सँचालन हुने उल्लेख छ । नगरपालिकाले जारी गरेको सूचनामा आकस्मिक गर्मी विदा दिएको हो । विद्यालय पढन जाने बालबालिकाहरुमा अत्यधिक गर्मीको कारण प्रतिकूल असर पर्न थालेपछि आकस्मिक विदा दिएको हो ।

२०८० जेठ १८ बिहीबार, राति ९:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थितको सबै विद्यालयहरु बन्द हुने भएको छ । अत्यधिक गर्मी हुन थालेपछि गर्मी विदा दिइएको हो । गर्मी विदा शुक्रबारदेखि नै लागू हुने भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका समुदायिक तथा सँस्थागत विद्यालयहरु आगामी जेठ २६ गतेसम्म विदा रहने भएको छ । जेठ २८ गते आईतबारदेखि मात्र पुनः सँचालन हुने उल्लेख छ ।
नगरपालिकाले जारी गरेको सूचनामा आकस्मिक गर्मी विदा दिएको हो । विद्यालय पढन जाने बालबालिकाहरुमा अत्यधिक गर्मीको कारण प्रतिकूल असर पर्न थालेपछि आकस्मिक विदा दिएको हो ।
.jpg)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…