प्रचण्ड सरकारः विमानस्थलबाट सुन छिराएपछि जाँचपासको सबै कर्मचारी नोकरीबाट निलम्बनको तयारी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा ठूलो परिमाणमा सुन बरामद भएको थियो । यो प्रकरणमा एक भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार










