मधेशको लागि मात्र डा. सिके राउत चिन्तित छ, बाँकी सबै नेता लुटेरा हुनः पूर्व जिएम भट्टराई
मधेशसंग चिन्तित मधेशी नेता कोही छ भने त्यो सिके राउत मात्रै रहेको बताउँदै अरु सबै मधेशका मधेश केन्द्रीत दलका नेता सामन्त र लुटेरा रहेको धारणा दिएका छन् । मधेश आन्दोलनमा ५५ जना गरीब मधेशीको छातिमा पड्केको गोली देखाएर ५६ जना मधेशी नेता मन्त्री भए त्यसबेला । परिणाम के आयो ? भनेर प्रश्न समेत गरेका छन् ।

२०८० साउन ३ बुधबार, दिउँसो १२:०१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल रेल्वेका पूर्व जिएम एवम् एमालेका नेता गुरु भट्टराईले आफूलाई मधेशवादी दल भन्नेहरु मधेशी जनताको शोषण गरिरहेको प्रतिक्रिया लेखेका छन् ।
उनले समाजिक सँजाल फेसबुकमा मधेशवादीको नाममा लुटेरा र सामन्तवादहरु मात्र रहेको प्रतिक्रिया लेखेका छन् ।
भट्टराईले मधेश र मधेशीको लागि मात्र डा. सिके राउत चिन्तित भएका नेता रहेको बताएका छन् । उनले डा. सिके राउत बाहेक मधेशको नाममा सबै लुटेरा र समान्त नेताहरु मात्र रहेको टिप्पणी गरेका हुन् ।
“मधेशमा ६ प्रतिशत जनसंख्या ओगट्ने जातीले मधेशी दल चलाएका छन् । भन्न चै सिंगो मधेशको प्रतिनिधि हामी हौं भन्छन् । यि मधेशका सामन्तहरु हुन् र मधेशका बहुसंख्यक मधेसी चुस्ने, बिभेद गर्ने, प्रताडित गर्ने यिनै हुन् । यिनको आन्तरिक बिभेदको अगाडी काठमान्डौको बिभेद केही पनि हैन । यद्धपि मधेशमा भौतिक हैन मनोबैज्ञानिक पहाडी बिभेद छ । यसलाइ मनभेद भनेपनि हुन्छ ।”– उनले फेसबुकमा लेखेका छन् ।
मधेशमा ४–६ लेन बाटो ओलीले बनाएको बताउँदै मधेशको हुलाकी मार्ग ओलीकै पालामा नेपालले नै बनाएको पनि लेखेका छन् । मधेशमा रेल ओलीले नै चलाए । मधेश सिंचाइ गर्न सुनकोशी मरिन डाइभर्सन सिंचाइ आयोजना ओलीले नै शुरु गरे । बारामा ६ महिनामै ८०० पक्की घर बनाएर जनतालाइ ओलीले नै बाँडे । तर मधेश सरकारले बेटीलाइ साइकल भनेर करोडौं घोटाला गर्यो । मधेश परिवहन भनेर किनेका बसहरु घाँस खाएर बसेका छन् । अघिल्लो सरकारको पालाको झन्डै एक अर्ब बेरुजु अलपत्र छ । तर पनि उपेन्द्र यादव मधेशी मसिहा ।– उनले टिप्पणी गरेका छन् ।
मधेशसंग चिन्तित मधेशी नेता कोही छ भने त्यो सिके राउत मात्रै रहेको बताउँदै अरु सबै मधेशका मधेश केन्द्रीत दलका नेता सामन्त र लुटेरा रहेको धारणा दिएका छन् । मधेश आन्दोलनमा ५५ जना गरीब मधेशीको छातिमा पड्केको गोली देखाएर ५६ जना मधेशी नेता मन्त्री भए त्यसबेला । परिणाम के आयो ? भनेर प्रश्न समेत गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…