राजदेवी मन्दिरमा चोरी गर्ने मोहम्मद नसिव पनि पक्राउ
प्रहरीले उनीहरुको साथबाट कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली, मूर्तिसहितको चाँदीको पिढी २ केजी, चाँदीको मुकुट २५ तोला, चाँदीको झाप १ केजी, चाँदीको थाली आधी किलो, चाँदीको लोटा १५ तोला, चाँदीको घण्टी १२ तोला, सुनको मनटिका ६ आना, सुनको नथिया १० आना, सुनको सिक्री ४ आना, नाकको टप १ आना, कानको बाली ६ आना, दान पेटिकामा रहेको खुद्रा पैसा बरामद गरेका थिए ।

२०८० साउन ३ बुधबार, बिहान १०:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र रमदैयास्थित राजदेवी मन्दिरमा चोरी गर्ने थप एक जना पक्राउ परेका छन् । मंगलबार क्षीरेश्वरनाथ नगरपालिका ६ कुचाई टोलका २३ वर्षीय मोहमद नसिवलाई प्रहरीले पक्राउ गरेको छ ।
यस चोरी घटनामा गत फागुन २० गते पाँच जनालाई पक्राउ गरिएको थियो । सोही महिनाको १४ गते राति उनीहरु मन्दिरको ढोका फुटाई मूर्तिसहितको समान उनीहरुले चोरी गरेका थिए । चोरी भएको करिव पाँच महिनापछि चोरीमा संलग्नता पुष्टि भएपछि नसिवलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार यसअघि सोही घटनामा मुख्य योजनाकार विदेह नगरपालिका ४ का ३० वर्षीय सरिफ मुसलमान, सोही ठाउँका २२ वर्षीय नसरुदिन साह, हबगुल्लाह शाह, क्षीरेश्वरनाथ नगरपालिका– ५ का ३७ वर्षीय रजाक मोहमद र कमला नगरपालिका– ७ हथमुण्डाका २२ वर्षीय रमेश कुमार महतोलाई प्रहरीले सार्वजनिक गरेको थियो । उनीहरु सबै अहिले पुर्पक्षका लागि जेलमा छन् ।
फागुन १४ गते राति रमदैयास्थित जनकपुरधाम– ढल्केवर सडक छेउमा अवस्थित राजदेवी मन्दिरमा उनीहरुले चोरी गरेका थिए । सीसीटीभी र ह्युमेन इन्टेलिजेन्सको सहायतामा उनीहरुलाई पक्राउ गरिएको थियो ।
पक्राउ परेका उनीहरु सबै पेशेवर चोर रहेको प्रहरीले बताउँदै आएका छन् । उनीहरुको तत्कालीन ठाँढी झिझाको डाँका परिवारसंग संलग्नता समेत देखिएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
प्रहरीले उनीहरुको साथबाट कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली, मूर्तिसहितको चाँदीको पिढी २ केजी, चाँदीको मुकुट २५ तोला, चाँदीको झाप १ केजी, चाँदीको थाली आधी किलो, चाँदीको लोटा १५ तोला, चाँदीको घण्टी १२ तोला, सुनको मनटिका ६ आना, सुनको नथिया १० आना, सुनको सिक्री ४ आना, नाकको टप १ आना, कानको बाली ६ आना, दान पेटिकामा रहेको खुद्रा पैसा बरामद गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…