जनकपुरका वडाध्यक्ष कवारीले मुस्लिम महिलाहरुबाट दासको श्रीमतिलाई कुटाए
मुस्लिम महिलाहरुलाई उक्साएर वडाध्यक्ष कवारीले समुदायिक हिसाबले कुटपिट गराएको आरोप स्थानीयहरुले लगाएका छन् । साथै वडा अध्यक्ष कवारीले आफ्नो कार्यकक्षमा पनि दासकी श्रीमतीलाई कुटपिट गरी बन्दी समेत बनाएको भिडियोहरु समाजिक सँजालमा पोष्ट गरिएको छ ।

२०८० साउन ३ बुधबार, राति ८:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरका एक वडाध्यक्ष एक महिलालाई कार्यकक्षमै कुटपिट गरेको घटना बाहिरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपुरा रुपैठाका वडाध्यक्ष मोती राईन कवारीले महिलालाई आफ्नै कार्यकक्षमा कुटपिट गरेका हुन् । सहकारीको रकमको बारेमा बोल्दा उनलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।
वडाध्यक्ष कवारीले समुदायिक हिसाबले अम्बेडकर बचत तथा ऋण सहकारी सहँस्थामा कार्यरत कर्मचारी रबिन्द्र कुमार दाससँग व्यक्तिगत रिसवी साध्न श्रीमतिलाई कुटपिट गरेका छन् ।
देउपुरा रूपैठा संचालित अम्बेडकर वचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष राम नाथ दास ५ करोड हिनामिना गरेको आरोपीलाई भगाई सोही सँस्थामा काम गरिरहेका रवीन्द्र कुमार दासलाई व्यक्तिगत दुश्मनी साध्न फँसाउँदै उनको श्रीमतिलाई कुटपिट गरेको हो ।
दासको श्रीमति र दासलाई समेत विभिन्न प्रकार हुल हुजत गाली गलोच, कुटपिट गरेको स्थानीयहरुले बताएका छन् । बेतिथिको विरुद्ध आवाज उठाउँदा मुस्लिम समुदायकी महिलाहरुलाई घरमा पठाएर निर्घात कुटपिट गराएको हो ।
मुस्लिम महिलाहरुलाई उक्साएर वडाध्यक्ष कवारीले समुदायिक हिसाबले कुटपिट गराएको आरोप स्थानीयहरुले लगाएका छन् । साथै वडा अध्यक्ष कवारीले आफ्नो कार्यकक्षमा पनि दासकी श्रीमतीलाई कुटपिट गरी बन्दी समेत बनाएको भिडियोहरु समाजिक सँजालमा पोष्ट गरिएको छ ।
यस सन्दर्भमा वडाध्यक्ष कवारीसँग सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…