किशोरी भगाउने काण्डमा मेरो कुनै सँलग्नता छैन : वडाध्यक्ष राय
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नं. ९ का वडाध्यक्ष मनिष राय अमातले किशोरी भगाउने काण्डमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । सबैला नगरपालिका वडा नं. ९ की एक १७ बर्षिय किशोरीलाई सोही ठाउँमा सुनचाँदी पसल सँचालक श्रीनारायाण साहले भगाएर लगेपछि किशोरीको बुवाले वडाध्यक्ष रायको ना

२०८० साउन ३ बुधबार, दिउँसो १२:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नं. ९ का वडाध्यक्ष मनिष राय अमातले किशोरी भगाउने काण्डमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।
सबैला नगरपालिका वडा नं. ९ की एक १७ बर्षिय किशोरीलाई सोही ठाउँमा सुनचाँदी पसल सँचालक श्रीनारायाण साहले भगाएर लगेपछि किशोरीको बुवाले वडाध्यक्ष रायको नाम समेत लिएको समाचार आएपछि उनले सो समाचारको खण्डन गरेका छन् । उनले सो प्रकरणमा आफ्नो कुनै सँलग्नता नभएको प्रष्टयाएका छन् ।
वडा कार्यालयकै लेटरहेडमा एक प्रेस विज्ञप्ति जारी गर्दै वडाध्यक्ष रायले सो मुद्दामा किशोरीको बुवाले आफ्नो नाम नियतवंश लिएको भन्दै खण्डन गरेका छन् । वडाध्यक्ष रायले नै मुद्दा मिलाउनको लागि किशोरीको बुवा राजकिशोर साहलाई दबाब दिएको भनेर साहले बयान दिएको समाचार प्रकाशित भएको थियो । विहिबार वडाध्यक्षले आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।
वडाध्यक्ष रायले आफूमाथि लगाइएको आरोप निराधार रहेको भन्दै समाचारको खण्डन गरेका छन् । किशोरीकी बुवा राजकिशोर साहले आफ्नै छोरीलाई श्रीनारायणसँग योजनावद्ध तवरले भगाएर रकम असुलेको आरोप स्थानीयहरुले लगाएका छन् ।
राजकिशोरले वडाध्यक्ष अमातको नाम लिँदै ईलाका प्रहरी कार्यालय सबैलामा मुद्दा गर्न जाँदा मुद्दा गर्न नदिएको भनेर आरोप लगाएका थिए ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…