मिटरब्याजी यादव पक्राउ
गाउँ घरमा सोझासाझा मानिसहरुलाई ब्याजमा पैसा लगाई ब्याज तिरिदिएको भएपनि कागजात नच्यातेर कैयौँ पटक रकम उठाएको आरोपसहित मुद्दा परेको थियो । धनुषाधाम स्थित शिवशंकर वस्त्रालय सँचालन गर्दै आएका यादव मुद्दा परेपछि फरार भएका थिए । उनलाई विहिबार विहान पक्राउ गरिएको हो ।

२०८० साउन ३ बुधबार, बिहान १०:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मिटरब्याजको मुद्दामा एक मिटरब्याजी पक्राउ परेका छन् । आज विहानै मिटरब्याजी भनिने धनुषाका शिवजी यादव पक्राउ परेका हुन् ।
उनलाई ईलाका प्रहरी कार्यालय धनुषाधामले विहानै पक्राउ गरेको हो । उनीमाथि करोडौँ रुपैयाँ मिटरब्याजको मुद्दा परेको थियो ।
गाउँ घरमा सोझासाझा मानिसहरुलाई ब्याजमा पैसा लगाई ब्याज तिरिदिएको भएपनि कागजात नच्यातेर कैयौँ पटक रकम उठाएको आरोपसहित मुद्दा परेको थियो ।
धनुषाधाम स्थित शिवशंकर वस्त्रालय सँचालन गर्दै आएका यादव मुद्दा परेपछि फरार भएका थिए । उनलाई विहिबार विहान पक्राउ गरिएको हो ।
यादवबाट एक जनाले २५ लाख रुपैयाँ कर्जा लिएकोमा उनले १० लाख रुपैयाँ तिरिदिएका थिए । १५ लाखको लागि उनले दिन जाँदा रकम नलिएर जग्गा नै दिन दबाब दिएका थिए । उनले समयमा पैसा नलिएर करिब ४ करोड मूल्य बराबरको जग्गामा लोभ गरेपछि मुद्दा दायर गरिएको थियो ।
मिथिला बिहारी नगरपालिका वडा नं ४ कजरा बस्ने शिबजी यादव हाल धनुषाधाममा बसोबास गरि शिबशंकर बस्त्रालय कपडा पसल संचालन गरि मिटर ब्याजको कारोबार गर्दै आएका थिए ।
२५ लाख कर्जा लिएकोमा १० लाख बुझाईसकेको तब पनि ४ करोड बराबर जग्गा बेईमानी गर्न खोजेको पीडित नागेश्वर साहले बताए । सोही प्रकरणमा उनलाई पक्राउ गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…