देश कालधनौजी गाउँपालिकाकी उपाध्यक्ष मण्डललाई पार्टीबाट निष्कासनको लागि पत्राचार
उपाध्यक्ष मण्डललाई मंसिर २२ गते बसेको नेपाली कांग्रेस धनौजी गाउँ कार्य समितिको बैठकबाट पार्टीबाट निष्कासनसहितको कारबाही गर्ने निर्णय गरेको थियो । गाउँपालिका उपाध्यक्ष मण्डलले आफ्नै पार्टीका धनौजी गाउँपालिका अध्यक्ष राजकुमार साहविरुद्ध विभिन्न गतिविधि गर्दै आएकी थिइन् । उनले पालिका अध्यक्ष साहलाई असहयोग गरी अनियमितता र अपारदर्शी कार्यशैली रहेको भन्दै सो पालिकाको कार्यालयमा सूचनाको हक प्रयोग गरी उजुरी दिएको थिइन् ।
१ वर्ष अगाडि · देश काल











