नेपाल प्रिमियर लिगमा आज जनकपुर बोल्टस र लुम्बीनि लायन्स भिडदै, चौथो खेल जित्ने दाउमा जनकपुर
उता राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी भने लगातार तीन खेल हारेर पूछारमा छ । एनपीएलमा सहभागि ८ मध्ये अहिलेसमसम् जितविहिन हुने एक्लो टोली लुम्बिनी नै हो । बाँकी ७ टोलीले कम्तीमा एक खेल जितेका छन् ।

२०८१ मंसिर २३ आइतबार, बिहान ८:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज जकनपुर बोल्टस र लुम्बिनी लायन्सबीच म्याच हुने भएको छ ।
खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । स्टार स्पोर्टबाट हुने लाईभ न्यूजब्यूरोको अफिसियल पेजबाट पनि गरिनेछ ।
एकातर्फ जनकपुर एक जितले प्लेअफ नजिक पुग्नेछ भने अर्कोतर्फ एक हारले लुम्बिनी लायन्सको प्लेअफ पुग्ने सम्भावना लगभग अन्त्य हुनेछ ।
अनिल शाहको कप्तानीमा रहेको जनकपुरले सुरुवाती तीन खेलमा शतप्रतिशत जित निकालेको छ । ६ अंक जोडेर जनकपुर अंकतालिकामा दोस्रो स्थानमा छ । सुदूरपश्चिम रोएल्स समान अंक भएपनि जनकपुर नेटरनरेटमा पछि रहेको हो ।
जनकपुरले उद्घाटन खेलमै विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो । त्यसपछि कर्णाली याक्सलाई पनि सोही नतिजामा हराएको जनकपुरले पोखरा एभेन्जर्समाथि ७ विकेटको जित हासिल गरेको थियो ।
जनकपुर लगातार चौथो खेल जितेर प्लेअफको नजिक पुग्ने लक्ष्यमा छ ।
उता राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी भने लगातार तीन खेल हारेर पूछारमा छ । एनपीएलमा सहभागि ८ मध्ये अहिलेसमसम् जितविहिन हुने एक्लो टोली लुम्बिनी नै हो । बाँकी ७ टोलीले कम्तीमा एक खेल जितेका छन् ।
लुम्बिनीका लागि जारी एनपीएलमा ३ खेल सकिँदासम्म कही राम्रो भएको छैन । एकातर्फ हारबाट प्रतियोगिताको सुरुवात । त्यसमाथि लगातार खेल्नुपर्ने बाध्यता । अर्कोतर्फ लुम्बिनीको विदेशी खेलाडीले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । यस्तै नेपाली खेलाडीबाट पनि सोचे अनुसारको प्रदर्शन देखिन सकेको छैन ।
कप्तान रोहित र विवेक यादवले एक(एक अर्धशतक बनाउनु बाहेक लुम्बिनीको अहिलेसम्म सम्झनलायक केही पनि छैन ।
लुम्बिनीलाई कम्तीमा प्लेअफ सम्भावना कायम राख्न र समर्थकहरुका लागि खुशी बनाउन भएपनि अब जनकपुरविरुद्ध जितको विकल्प छैन । प्रतियोगिता जति अघि बढ्दै गयो लुम्बिनीलाई अझ दबाब थपिँदै जानेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…