धनुषाको हुलाकी सडकमा मोसा दुर्घटना, दुई युवक गम्भिर !
कमलाबाट जनकपुरतर्फ जाँदै गरेको बिआर ३२ यु ७९१७ नम्बरको मोटरसाईकलले एक स्थानीयलाई ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले जनाएको छ । हुलाकी सडक छेउमा घुँर बालेर तापिरहेको अवस्थामा तीव्र गतिमा चलाएको मोसालाई ठक्कर दिएपछि मोटरसाईकल दुर्घटना भएको जनाईएको छ ।

२०८१ मंसिर १९ बुधबार, बेलुकी ७:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकास्थित मोटरसाईकल दुर्घटना हुँदा एक युवकको अवस्था नाजुक भएको छ । उनको टाउकोमा गम्भिर भोट लागेर टाउको फुटदा अत्यधिक रगत बगेको छ ।
भारतीय नम्बर प्लेटको गाडी लिएर साँझ ७ः०० बजेको समयमा तिनकोरिया–कमला सडकखण्डमा कमला नगरपालिका वडा नम्बर २ माचि झिटकैयास्थित नुनियानी टोलमा एक वृद्धलाई ठक्कर दिएपछि चालक स्वयंम गम्भिर बनेका छन् ।
कमलाबाट जनकपुरतर्फ जाँदै गरेको बिआर ३२ यु ७९१७ नम्बरको मोटरसाईकलले एक स्थानीयलाई ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले जनाएको छ । हुलाकी सडक छेउमा घुँर बालेर तापिरहेको अवस्थामा तीव्र गतिमा चलाएको मोसालाई ठक्कर दिएपछि मोटरसाईकल दुर्घटना भएको जनाईएको छ ।
सो दुर्घटनामा स्थानीय वृद्ध पनि गम्भिर घाईते भएका छन् भने नाम ठेगाना नखुलेको युवकहरुलाई एम्बुलेन्स मार्फत उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल पठाएको हो । स्थानीय क्लीनिकमा उपचारपछि जनकपुर पठाइएको जनाइएको छ ।
भोली हुने रामजानकी मटकोरको लागि कमला नदीको लागि हुलाकी सडकमै गेट निर्माण गरिरहेको अवस्थामा पछाडीबाट ठक्कर दिएको जनाइएको छ । पण्डाल निर्माणको लागि खाल्डो खनिरहेको अवस्थामा ठक्कर दिएपछि टेन्ट सँचालक स्थानीय देबिन्द्र यादवको टाउकोमा समेत गम्भिर चोट लागेको छ । उनलाई विराटनगर लगिएको जनाइएको छ ।
सोही क्रममा घुँर तापेर बसेका स्थानीय सोभित महतोको खुट्टा भाँचिएको छ । घुँडादेखि तल र पैतालादेखि माथिल्लो हड्डी भाँचिएको छ । मोसा चालकको अवस्था समेत गम्भिर रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…