जनकपुरमा भोली विवाहपँचमी, आईपुगे लाखौँ श्रद्धालु
त्रेता युगमा भगवान राम र सीताको विभिन्न लिलाको साथै विवाहपँचमी महोत्सव मनाइने गरिन्छ । विवाहपँचमीको लागि छिमेकी मुलक भारत उत्तर प्रदेशको अयोध्या (श्रीराम जन्मभूमि) बाट मोटो सँख्यामा जन्ती आएका छन् ।

२०८१ मंसिर २० बिहीबार, बेलुकी ७:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । रामजानकी विवाह महोत्सव “विवाहपँचमी” महोत्सव भोली शुक्रबार मनाइने भएको छ । जसको लागि देशविदेशबाट लाखौँ सँख्यामा श्रद्धालुहरु जनकपुर तताएका छन् ।
त्रेता युगमा हिन्दु धर्मावलम्बीहरुको अराध्य मर्यादा पुरुषोत्तम भगवान राम नेपालको जनकपुरधाम आएको इतिहास र जनककी छोरी जगत जननी माता सीतासँग विवाह गरेको पौराणिक धारणालाई प्रत्येक बर्ष मनाउँदै आएको छ ।
त्रेता युगमा भगवान राम र सीताको विभिन्न लिलाको साथै विवाहपँचमी महोत्सव मनाइने गरिन्छ । विवाहपँचमीको लागि छिमेकी मुलक भारत उत्तर प्रदेशको अयोध्या (श्रीराम जन्मभूमि) बाट मोटो सँख्यामा जन्ती आएका छन् ।
भोली शुक्रबार विवाहपँचमी महोत्सव लाग्नेछ भने पर्सी शनिबार रामकलेवा हुँदै जन्ती विदाई हुनेछ । जन्ती विदाईपछि सप्ताहव्यापी विवाहपँचमी महोत्सव समापन हुनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…