धनौजी गाउँपालिकाकी उपाध्यक्ष मण्डललाई पार्टीबाट निष्कासनको लागि पत्राचार
उपाध्यक्ष मण्डललाई मंसिर २२ गते बसेको नेपाली कांग्रेस धनौजी गाउँ कार्य समितिको बैठकबाट पार्टीबाट निष्कासनसहितको कारबाही गर्ने निर्णय गरेको थियो । गाउँपालिका उपाध्यक्ष मण्डलले आफ्नै पार्टीका धनौजी गाउँपालिका अध्यक्ष राजकुमार साहविरुद्ध विभिन्न गतिविधि गर्दै आएकी थिइन् । उनले पालिका अध्यक्ष साहलाई असहयोग गरी अनियमितता र अपारदर्शी कार्यशैली रहेको भन्दै सो पालिकाको कार्यालयमा सूचनाको हक प्रयोग गरी उजुरी दिएको थिइन् ।

२०८१ मंसिर २५ मंगलबार, बिहान ९:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दक्षिणी धनुषाको धनौजी गाउँपालिकाकी गाउँपालिका उपाध्यक्ष रामवति देवी मण्डललाई नेपाली काँग्रेसले पार्टीबाट निष्कासनको लागि पत्राचार गरिएको छ ।
पार्टीले उपाध्यक्ष रामवति मण्डलमाथि विभिन्न आरोप लगाउँदै पार्टीबाट निष्कासन गरेको हो । कांग्रेसको विधान विपरीत गतिविधि गरेको भन्दै कांग्रेसको धनौजी गाउँपालिका गाउँ कार्य समितिले पार्टीबाट निष्कासनको लागि पत्राचार गरिएको गाउँ सभापति रामनारायण यादवले जानकारी दिए ।
कांग्रेस पार्टीको सदस्यसमेत रहेकी गाउँपालिकाकी उपाध्यक्ष मण्डललाई कारबाही स्वरुप पार्टीबाट निष्कासनका लागि विभिन्न समितिमा पत्राचार गरेको छ । कांग्रेस धनौजी गाउँ कार्य समितिको निर्णय अनुसार उपाध्यक्ष रामवति मण्डलमाथि पार्टीको तर्फबाट कारबाही गर्नका लागि गाउ सभापति रामनारायण यादवले पार्टीको प्रदेश कार्यालय, जिल्ला समितिको कार्यालय र क्षेत्र नम्बर ३ को कार्यालयलाई पत्र पठाएको जनाइएको छ ।
उपाध्यक्ष मण्डललाई मंसिर २२ गते बसेको नेपाली कांग्रेस धनौजी गाउँ कार्य समितिको बैठकबाट पार्टीबाट निष्कासनसहितको कारबाही गर्ने निर्णय गरेको थियो । गाउँपालिका उपाध्यक्ष मण्डलले आफ्नै पार्टीका धनौजी गाउँपालिका अध्यक्ष राजकुमार साहविरुद्ध विभिन्न गतिविधि गर्दै आएकी थिइन् । उनले पालिका अध्यक्ष साहलाई असहयोग गरी अनियमितता र अपारदर्शी कार्यशैली रहेको भन्दै सो पालिकाको कार्यालयमा सूचनाको हक प्रयोग गरी उजुरी दिएको थिइन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…