मधेशका मुखियाका शर्ट फिल्म 'ईटा भट्टा–द किलिँग किल्न' भारतमा प्रदर्शनको लागि छनौट

२०८१ मङ्सिर २४ सोमबार
बेलुकी ५:४१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली डकुमेन्ट्री फिल्म ‘ईटा भट्टा: द किलिङ किल्न’ भारतको प्रतिष्ठित फिल्म महोत्सव कोटस् फ्रम द अर्थ इनभारोमेमरन्टल फिल्म फेस्टिभलको १०औं संस्करण मा प्रदर्शनका लागि चयन भएको छ।

यो महोत्सव भारतको नयाँ दिल्ली स्थित इंडिया इन्टरनेशनल सेन्टरमा डिसेम्बर ७ देखि ८ सम्म आयोजना हुन लागेको फिल्म निर्देशक सुरेश मुखियाले जनाकारी दिए।

यस डकुमेन्ट्रीले नेपालका ईटा उद्योगहरूले वातावरण र मानव स्वास्थ्यमा पारिरहेको नकारात्मक प्रभावलाई उजागर गरेको छ। फिल्मले ईटा भट्टामा काम गर्ने मजदुरहरूको कठिन जीवन, वायु प्रदूषण, र दिगो निर्माणका चुनौतिहरूलाई नजिकबाट देखाएको छ।

फिल्मका निर्देशक सुरेश कुमार मुखिया ले भने, ‘मधेश प्रदेशको सप्तरीमा निर्माण भएको यो डकुमेन्ट्रीले हाम्रो समाजमा हुने पर्यावरणीय क्षतिको कथा मात्र नभई समाधानका सम्भावनाहरूलाई पनि चित्रण गरेको छ। अन्तर्राष्ट्रिय मञ्चमा यसले हाम्रो प्रयासलाई मान्यता दिएकोमा हामी उत्साहित छौं।’

यो फेस्टिभल दक्षिण एसियाका महत्त्वपूर्ण पर्यावरणीय फिल्म महोत्सवहरू मध्ये एक हो । जहाँ जलवायु परिवर्तन, जैव विविधता, र दिगो विकासका विषयमा केन्द्रित फिल्महरू प्रदर्शन गरिन्छ।

फिल्म समीक्षकहरूले ‘ईटा भट्टा: द किलिङ किल्न’ लाई यसका गहिरा अनुसन्धान, प्रामाणिक कथा, र प्रभावशाली सिनेमाटोग्राफीका लागि उच्च मूल्यांकन गरेका छन्। यो फिल्मले पर्यावरणीय समस्यामा साना देशहरूको भूमिकालाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्ने अवसर पाएको छ।
यो उपलब्धिले नेपाली डकुमेन्ट्री क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा थप उचाइमा पुर्‍याउने विश्वास गरिएको उनले बताए।

यसअघि प्रथम पटक गत वैशाख ६ गतेदेखि ८ गतेसम्म रामेछाप जिल्लामा आयोजित ‘नेपाल ग्रामीण चलचित्र महोत्सव २०८०’ मा आधिकारिक रुपमा छनोट भएर प्रिमियर भएको, त्यसपछि जुलाई २ देखि ३ सम्म कोशी प्रदेशको विराटनगरमा आयोजित क्यानेडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४ मा पनि आधिकारिक रुपमा छनोट भएर प्रदर्शन भएको थियो। त्यसै क्रममा डाक्यूमेंट्री इँटा भट्टा’ ले यही साल बार्सिलोना अन्तर्राष्ट्रिय वातावरणीय फिल्म फेस्टिभलको ३१ औं संस्करणमा अफिसियल छनोट भएर आफ्नो पहिलो अन्तराष्ट्रीय प्रदर्शन पुरा गरेको थियो।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०८१ मङ्सिर २४ सोमबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus