सिरहामा एमाले र काँग्रेसका पत्रकार मिले, प्रेस युनियनका यादव चुनाव लडने सहमति
नेपाल पत्रकार महासँघको विभिन्न जिल्लामा सक्रिय पत्रकारभन्दा गैर पत्रकार, निष्क्रीय पत्रकारको सँख्या अधिक रहेको छ । विभिन्न पेशासँग आवद्धहरुलाई पत्रकार महासंघमा भोँट बैँकको रुपमा प्रयोग गर्न सदस्यता दिने गरेको छ ।

२०८१ मंसिर २३ आइतबार, बिहान ८:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाल पत्रकार महासँघको चुनावमा सिरहाबाट नेपाली काँग्रेस निकट प्रेस युनियनबाट रामबाबु यादव चुनाव लडने सहमति भएको छ ।
आउँदो मँसिर २८ गते हुने नेपाल पत्रकार महासँघको चुनावमा एमाले निकट प्रेस चौतारी र काँग्रेस निकट प्रेस युनियनले चुनावी तालमेल गर्दै यादवलाई अध्यक्षको लागि सघाउने सहमति भएको हो ।
विभिन्न राजनीतिक पार्टीको प्रेस संगठन तथा पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको चुनावको लागि राजनीतिक पार्टीझैँ गतिविधिहरु हुने गर्छन् ।
विभिन्न जिल्लामा भोँट बैँकको रुपमा प्रयोग हुने सदस्य पत्रकारहरुलाई जोडने, घटाउने, हटाउने प्रक्रिया महिनौदेखि चल्दै आएकोबीचमा सिरहामा एमाले निकट पत्रकार र नेपाली काँग्रेस निकट पत्रकारबीच चुनावी तालमेल भएको हो ।
प्रेस चौतारी सिरहाका अध्यक्ष शम्भु यादव र प्रेस युनियन सिरहाका अध्यक्ष रामबाबु यादवबीच शनिबार चुनावी तालमेलको घोषणा गरिएको हो । जानकारी अनुसार, दुवै पार्टीका पत्रकार नेतृत्व यादव समुदायबाट भएको कारण पनि तालमेल गरिएको हो ।
केन्द्र सरकारमा एमाले र नेपाली काँग्रेसको सँयुक्त सरकार रहेको छ । सोही अनुसार, सो पार्टी निकट पत्रकारहरुले पनि चुनावी तालमेल बनाउन सुरु गरिएको हो ।
नेपाल पत्रकार महासँघको विभिन्न जिल्लामा सक्रिय पत्रकारभन्दा गैर पत्रकार, निष्क्रीय पत्रकारको सँख्या अधिक रहेको छ । विभिन्न पेशासँग आवद्धहरुलाई पत्रकार महासंघमा भोँट बैँकको रुपमा प्रयोग गर्न सदस्यता दिने गरेको छ ।
पत्रकार निष्पक्ष र स्वतन्त्र हुनुपर्ने भनिएपनि प्रहरी, प्रशासन वा अन्य सँस्था, सँगठनबाट आर्थिक असुलीको लागि सहज हुने मनसाय यहाँका पदाधिकारीहरु बोक्ने गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…