राजनीतिककुटाकुटपछि आज एमाले धनुषाको नेतृत्व छान्न मतदान हुँदै, अध्यक्षमा लक्ष्मी र भोला भिडदै
मतदाताहरुलाई प्रभावित हुन नदिन नेताहरुले कडा निगरानी गरिरहेका छन् । ग्रामीण क्षेत्रका मतदाताहरुलाई होटेलमा थुनिए पनि सहरका मतदाताहरु भने अबेर रातिसम्म खानपिन गर्दै घुमेको देखिए । उनीहरुले मतदाताको सुरक्षामा खटेको बताउँदै मस्ती गरिरहेका थिए । नेता महासेठको समूहबाट अन्तरघात हुने सम्भावना बढेपछि मतदाताहरुलाई अत्यन्त कडा सुरक्षामा राखिएको हो । मतदाताहरुसित सबैले भेट्न नपाउने गरी व्यवस्थापन गरिएको एकजना नेताले बताए ।
१ वर्ष अगाडि · राजनीतिक











