म नेपाली काँग्रेस पार्टी छाडेको छैनः काँग्रेस वडासचिव साह

२०८२ बैशाख २१ आइतबार
रति ८:४५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ खजुरीका काँग्रेसका वडासचिव विन्देश्वर यादव (बिन्दे) ले आफू काँग्रेस नछाडेको बताएका छन् । 

शनिबार जसपा नेपालका युवा नेता एवम् जनकनन्दिनी गाउँपालिकाका गाँपा अध्यक्ष दिपिनदेव यादवसँग अबिर खादा लगाएर जसपा प्रवेश गरेको भनिएका साहले समाजिक सँजालमा जसपा प्रवेशको समाचार आएपछि उनले काँग्रेस नछाडेको प्रतिक्रिया दिएका छन् । उनले केही घण्टामै आफू काँग्रेस पार्टी नछाडेको भिडियो सार्वजनिक गरेका छन् । VID-20250504-WA0009.mp4

 वि.सं. २०५४ सालदेखि नै नेपाली काँग्रेसमा सक्रिय रहँदै सो वडामा वडासचिव पद सम्हाल्दै आएका बिन्दे साहले शनिबार  काँग्रेसको सदस्यता त्याग गर्दै अधिकारिक रुपमा जसपा नेपालमा प्रवेश गरेको भनेपनि केही बेरमै उनले आफू काँग्रेस नछाडेको प्रतिक्रिया दिए । उनले गाउँपालिका अध्यक्ष एवम् जसपाका नेता दिपिनदेव यादवसँग पार्टी प्रवेश गरेको फोटो समाजिक सँजालमा अधिकारिक रुपमै सार्वजनिक भएको थियो । 

नेपाली काँग्रेसको जनकनन्दिनी गाउँपालिका कमिटीको नियमित बैठकको क्रममा उनले आफू काँग्रेस छाडेर कतै नगएको बताए । उनले आफू अझै काँग्रेसमै रहेको एक भिडियो जारी गरे । 

यद्यपी, उनले जसपा नेपालमा प्रवेश गरेको र आफैँ जसपामा जानको लागि तत्परता देखाएको अडियो रेकर्ड गाउँपालिका अध्यक्ष यादवले समाजिक सँजालमा पोष्ट गरिदिएका छन् । समाजिक सँजालमा काँग्रेस र जसपा नेपालका नेता कार्यकर्ताबीच कमेन्टमै जुहारी चलेको देखिएको छ । 

बिन्दे काँग्रेस छाडेर कतै नगएको वडा सभापति दिपेश सहगलले जानकारी दिए । उनले समाजिक सँजालमा आएको कुरा सत्य नभएको दाबी गरे । 

  • 0%
  • 2%
  • 0%
  • 0%
  • 24%
  • 0%

यौन दुरव्यवहारमा परेकी महिला आफ्नो घरमा मृत भेटिइन, महिनौदेखि थिइन टेन्सनमा !

  • २०८२ बैशाख २१ आइतबार

न्यूज ब्यूरो, सिरहा । आफूलाई बलात्कार गर्न खोज्नेविरुद्ध दिएको उजुरीमा न्याय पाउनुको सट्टा गाउँमै मिलापत्र गर्नुपर्ने दबाब खेप्दै आएकी पीडित महिला घरभित्रै मृत भेटिएकी छिन् ।  चार महिनाअघि बलात्कार प्रयासबाट उम्किएकी नरहा

पूरा पढ्नुहोस्

Bureau Menus