जसपा नेपालको धनुषा जिल्ला अध्यक्षमा पशुपति यादव पुनः दोहरिने सम्भावना प्रवल
पार्टीभित्रको समावेशी नेतृत्व, कार्यकर्ता समन्वय तथा जिल्लामा पार्टी सुदृढीकरणमा पशुपति यादवले खेलेको भूमिकालाई उनका समर्थकहरूले विशेष महत्व दिएका छन्।

२०८२ बैशाख २८ आइतबार, बिहान ७:४९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आज विहान ९ बजेदेखि जनता समाजवादी पाटी (जसपा) नेपालको प्रथम जिल्ला अधिवेशनको क्रममा मतदान हुने भएको छ ।
जिल्ला अध्यक्ष पदको लागि सहमति नजुटेपछि मतदान प्रक्रियामा जाने भएको छ । विहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु हुने् जनाइएको छ ।
धनुषामा वर्तमान अध्यक्ष पशुपति यादव र नेता सत्रुधन यादवबीच कडा टक्कर हुने भएको छ । धनुषा जिल्ला अध्यक्ष पदको निर्वाचनमा पशुपति यादव बलिया उम्मेदवारका रूपमा अगाडि देखिएका छन्।
यसअघि पनि धनुषा जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका यादव यसपटक पुनः अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन्। उनको मुख्य प्रतिस्पर्धीका रूपमा सत्रुधन यादव रहेका छन्। तर, संगठनभित्रको लामो अनुभव, नेताहरूको विश्वास तथा तल्लो तहसम्मको सक्रिय सञ्जालका कारण पशुपति यादवलाई बलियो उम्मेदवारको रूपमा हेरिएको छ।
जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादव, शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले सार्वजनिक रूपमा पशुपति यादवको पक्षमा समर्थन जनाएका छन्। गाउँपालिका अध्यक्ष, र मेयरजस्ता युवा नेताको समर्थनले यादवको उम्मेदवारीलाई थप उर्जा दिएको छ।
शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव खुलेर सुरुदेखि नै पशुपति यादवको पक्षमा लागेका छन् । बर्षौदेखिको राजनीतिक अनुभव जिल्ला चलाएका पशुपति यादवलाई समर्थन युवा पुस्ताको लागि नयाँ सन्देश दिन खोजेको मेयर यादवले बताए । उनले भने, “हाम्रो लागि पशुपति यादव श्रद्धेय हुन । उहाँको लगनशिलता र राजनीतिप्रति हामी पूर्ण सन्तुष्ट भएर लागेका छौँ ।
पार्टीभित्रको समावेशी नेतृत्व, कार्यकर्ता समन्वय तथा जिल्लामा पार्टी सुदृढीकरणमा पशुपति यादवले खेलेको भूमिकालाई उनका समर्थकहरूले विशेष महत्व दिएका छन्।
निर्वाचनको मतदान आज बिहान ९ बजेदेखि सुरु भई दिनभर चल्नेछ। परिणामले जसपा नेपालको स्थानीय शक्ति सन्तुलनमा प्रभाव पार्ने आँकलन गरिएको छ।
मुखियापट्टि मुसरनीया गाउँपालिकाका अध्यक्ष जय कुमार यादव सत्रुधन यादवको पक्षमा छ ।
दुई अनुभवी नेताहरू—पशुपति यादव र सत्रुधन यादवबीचको प्रतिस्पर्धा निकै चासोको विषय बनेको छ।
यसअघि अध्यक्ष भइसकेका पशुपति यादवलाई पुनः अध्यक्ष बन्ने सम्भावित उम्मेदवारको रूपमा बलियो समर्थन प्राप्त छ।
धेरै स्थानीय नेताहरू उनको पक्षमा खुलेर उभिएका छन्। संगठन चलाउने अनुभवी क्षमता, कार्यकर्तामा पकड तथा निरन्तरको सक्रियता पशुपति यादवको प्रमुख बलका रूपमा हेरिएको छ।
सत्रुधन यादव पक्षले संगठनभित्रको आन्तरिक परिवर्तन र नेतृत्वमा नयाँ ऊर्जा आवश्यक भएको तर्क गर्दै मतदातालाई आकर्षित गर्ने प्रयास गरिरहेको छ।
पार्टीको भविष्य दिशा तय गर्ने यो निर्वाचन जसपा धनुषाको नेतृत्व मात्रै होइन, जिल्लाभरको राजनीतिक सन्तुलनलाई समेत प्रभावित पार्ने अनुमान गरिँदैछ।
निर्वाचन परिणाम साँझतिर आउने अपेक्षा गरिएको छ। अहिले दुबै पक्षका समर्थकहरू मतदान स्थलमा सक्रिय देखिएका छन्। धनुषामा शैलेन्द्र/जीतेन्द्र यादव गुट र पशुपति यादव गुट रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…