एमाले धनुषाको अधिबेशनमा विवाद, निर्वाचन प्रक्रिया अबरुद्ध
न्यूज ब्यूरो,जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ८औं धनुषा जिल्ला अधिवेशन अन्तर्गत आज बिहान १० बजेदेखि हुने भनिएको निर्वाचन प्रक्रिया दिउँसो १ बजेसम्म पनि सुरु हुन सकेको छैन। निर्वाचन सुरु गराउन मतदान स्थलमा उपस्थित नेता तथा कार्यकर्ताहरू नाराबाजी गरिरहेका छन्। निर्वाचनमा जिल्ला अध्यक्ष प

२०८२ बैशाख २३ मंगलबार, दिउँसो २:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो,जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ८औं धनुषा जिल्ला अधिवेशन अन्तर्गत आज बिहान १० बजेदेखि हुने भनिएको निर्वाचन प्रक्रिया दिउँसो १ बजेसम्म पनि सुरु हुन सकेको छैन।
निर्वाचन सुरु गराउन मतदान स्थलमा उपस्थित नेता तथा कार्यकर्ताहरू नाराबाजी गरिरहेका छन्।
निर्वाचनमा जिल्ला अध्यक्ष पदका लागि भोला यादव र लक्ष्मी यादवबीच प्रतिस्पर्धा हुँदैछ भने सचिव पदमा दिप नारायण ठाकुर (दिपन) र धिरेन्द्र मण्डलबीच प्रतिस्पर्धा तय भएको छ।
न्युज ब्युरोसँग कुराकानी गर्दै सचिव पदका उम्मेदवार दिप नारायण ठाकुरले निर्वाचन प्रक्रियामा ढिलाइ हुनु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको बताए। “निर्वाचन लोकतन्त्रका गहना हुन्। तर हाम्रा प्रतिस्पर्धीहरू पराजयको डरले प्रक्रिया बिथोल्न खोजिरहेका छन्,” उनले आरोप लगाए।
ठाकुरले निर्वाचन प्रक्रिया शान्त, सहज र विधानअनुसार अघि बढाउन निर्वाचन अधिकृतसमक्ष आग्रहसमेत गरिएको जानकारी दिएका छन्।
कार्यकर्ताहरू निर्वाचन प्रक्रिया छिटो सुरु गरिनुपर्ने माग गर्दै नाराबाजीमा उत्रिएका छन्। निर्वाचन कहिले सुरु हुने भन्नेबारे अझै आधिकारिक जानकारी आएको छैन।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…