जसपा नेपालको धनुषा जिल्ला अध्यक्षमा पुनः पशुपति, उपाध्यक्षमा मेयर दिनेश यादव विजयी
यता मुस्लिम सदस्यमा रहमत राइन १८६, आमिन खान १७७ र नइम शेष ११९ मत प्राप्त गरि विजयी भएका छन महिला र जनजाति सदस्य यस अघिनै निर्विरोध निर्वाचित भइ सकेका छन भने खुल्ला सदस्यको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

२०८२ बैशाख २९ सोमबार, बिहान ७:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल धनुषाको अध्यक्षमा पशुपति यादव पुनः दोहरिएका छन् ।
शनिबारदेखि सुरु भएको प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वको लागि आइतवार सम्पन्न मतदान प्रक्रियाबाट पशुपति यादव जिल्ला अध्यक्षमा दोहरिएका छन् ।
सत्रुधन यादव र पशुपति यादवबीच चलेको कडा टक्करपछि पनि पशुपति यादव ४ मतान्तरले विजयी भएका हुन् । पशुपति यादवले १६८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी शत्रुधन यादवले १६४ मत प्राप्त गरेका छन ।
पशुपति यादवलाई जिताउनको लागि जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादव र शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले खुल्ला सपोर्ट गरेका थिए ।
त्यसै गरि दुई जना उपाध्यक्षमा शहिनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव विजयी भएका छन् । अर्का उपाध्यक्षमा ललित मण्डल विजयी भएका छन । उनिहरु क्रमशः १८० र १५० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी राम शंकर पासवानले १२४ र अब्दुल मनाङ्गले ७७ मत प्राप्त गरेका छन ।
त्यसै गरि सचिवमा रामनारायण कापडी विजयी भएका छन । उनले ९७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी उमेश महतोले ७० मत प्राप्त गरेका छन ।

त्यसै गरि उपसचिवमा राम विहारी यादव १६० र शशिचन्द्र यादव १५७ मत प्राप्त गरि विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्दी दिनेश महतो ९५ र बेचन महतो ९५ मत प्राप्त गरेको निर्वाचनत समितिले जनाएको छ । त्यसैगरि कोषाध्यक्ष पदमा सुजिता यादव १५७ मत प्राप्त गरि विजयी भएका छन उनका निकटमत प्रतिद्वन्दी अशोक कुमार यादवले १४४ मत प्राप्त गरेका छन ।
यता मुस्लिम सदस्यमा रहमत राइन १८६, आमिन खान १७७ र नइम शेष ११९ मत प्राप्त गरि विजयी भएका छन महिला र जनजाति सदस्य यस अघिनै निर्विरोध निर्वाचित भइ सकेका छन भने खुल्ला सदस्यको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…