'हामी पशुपति यादवको समर्थनमा छौँ, दायाँ बायाँ हुँदैन'
जसपा नेपालमा पशुपति यादवको देन र जिल्ला अध्यक्ष हुँदा युवा नेताहरुलाई दिएको साथ समर्थनलाई मध्यनजर गर्दै आफू सबै नेताहरु पशुपतिको पक्षमा रहेको बताए । उनले पशुपति यादव पुनः दोहरिनेमा कुनै शंका नरहेको प्रष्टयाए ।

२०८२ बैशाख २८ आइतबार, बिहान ८:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम धनुषा जिल्ला अधिवेशनमा निर्वाचित जनप्रतिनीधिहरु पशुपति यादवप्रति खुल्ला समर्थन जनाएका छन् ।
आज विहान ९ बजेदेखि सुरु हुने मतदान प्रक्रियाको क्रममा आफ्नो प्रतिक्रिया दिँदै शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले आफू पशुपति यादवको खुल्ला समर्थक रहेको बताएका छन् । उनले विगतदेखि नै पशुपति यादवको पक्षमा रहँदै आएको बताउँदै पुनः अध्यक्षमा दोहराउन हामी कुनै कसर बाँकी नराख्ने बताए ।
यस्तै, जनकनन्दिनी गाउँपालिकाबाट निर्वाचित गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले समेत आफू पशुपति यादवको खुल्ला समर्थक रहेको प्रतिक्रिया दिएका छन् । उनले सुरुदेखि नै पशुपति यादवप्रति समर्थन जनाएको बताए ।
जसपा नेपालमा पशुपति यादवको देन र जिल्ला अध्यक्ष हुँदा युवा नेताहरुलाई दिएको साथ समर्थनलाई मध्यनजर गर्दै आफू सबै नेताहरु पशुपतिको पक्षमा रहेको बताए । उनले पशुपति यादव पुनः दोहरिनेमा कुनै शंका नरहेको प्रष्टयाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…