नेपाली काँग्रेसका वडासचिव जसपा नेपालमा प्रवेश
बिन्दे गत वि.सं. २०५४ सालदेखि नै नेपाली काँग्रेसमा सक्रिय रहँदै सो वडामा वडासचिव पद सम्हाल्दै आएका थिए । शनिबार उनले काँग्रेसको सदस्यता त्याग गर्दै अधिकारिक रुपमा जसपा नेपालमा प्रवेश गरेका छन् । काँग्रेसमा बर्षौदेखि लागेप

२०८२ बैशाख २० शनिबार, राति ८:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ खजुरीका काँग्रेसका वडासदस्य जसपामा प्रवेश गरेका छन् ।
शनिबार जसपा नेपालका युवा नेता एवम् जनकनन्दिनी गाउँपालिकाका गाँपा अध्यक्ष दिपिनदेव यादवले काँग्रेसका वडासचिव बिन्देश्वर साह (बिन्दे) लाई अबिर माला लगाएर जसपा नेपालमा स्वागत गरे ।
बिन्दे गत वि.सं. २०५४ सालदेखि नै नेपाली काँग्रेसमा सक्रिय रहँदै सो वडामा वडासचिव पद सम्हाल्दै आएका थिए । शनिबार उनले काँग्रेसको सदस्यता त्याग गर्दै अधिकारिक रुपमा जसपा नेपालमा प्रवेश गरेका छन् ।
काँग्रेसमा बर्षौदेखि लागेपनि परेको बेला सहयोग नगरेको तथा राजनीतिक करियर बनाउन सहयोग नगरेको भन्दै नेपाली काँग्रेस त्यागेर जसपा नेपालमा प्रवेश गरेको साहले सुनाए ।
साहसँगै खजुरीका अन्य युवाहरु समेत जसपा नेपालमा प्रवेश गरेको अध्यक्ष यादवले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…