नेपाली काँग्रेसका वडासचिव जसपा नेपालमा प्रवेश 

२०८२ बैशाख २० शनिबार
रति ८:३३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ खजुरीका काँग्रेसका वडासदस्य जसपामा प्रवेश गरेका छन् । 

शनिबार जसपा नेपालका युवा नेता एवम् जनकनन्दिनी गाउँपालिकाका गाँपा अध्यक्ष दिपिनदेव यादवले काँग्रेसका वडासचिव बिन्देश्वर साह (बिन्दे) लाई अबिर माला लगाएर जसपा नेपालमा स्वागत गरे । 

बिन्दे गत वि.सं. २०५४ सालदेखि नै नेपाली काँग्रेसमा सक्रिय रहँदै सो वडामा वडासचिव पद सम्हाल्दै आएका थिए । शनिबार उनले काँग्रेसको सदस्यता त्याग गर्दै अधिकारिक रुपमा जसपा नेपालमा प्रवेश गरेका छन् । 

काँग्रेसमा बर्षौदेखि लागेपनि परेको बेला सहयोग नगरेको तथा राजनीतिक करियर बनाउन सहयोग नगरेको भन्दै नेपाली काँग्रेस त्यागेर जसपा नेपालमा प्रवेश गरेको साहले सुनाए । 

साहसँगै खजुरीका अन्य युवाहरु समेत जसपा नेपालमा प्रवेश गरेको अध्यक्ष यादवले बताए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०८२ बैशाख २० शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus