देश कालडा. सिके राउत जनमत पार्टीको सँसदीय दलको नेतामा चयन
सोमबार पार्टी कार्यालय बुद्धनगरमा बसेको बैठकले उनलाई सर्वसम्मति रूपमा संसदीय दलको नेतामा चयन गरेको सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिए। यस्तै, उपनेतामा अब्दुल खान, मुख्य सचेतकमा अनिता साह, सचेतकमा गोमा लाभ सापकोटालाई चयन गरिएको छ। त्यसैगरी, सदस्य(सचिवमा विनिता कुमारी सिंह र कोषाध्यक्षमा सोनु मुर्मुलाई चयन गरिएको छ।
३ वर्ष अगाडि · देश काल










