नेहा चौधरीको ससुराले अदालतमा गराए मुद्दा दर्ता
पालिकामा तोडफोड गरेको आरोपमा प्रहरीले नेहा चौधरी र ‘कुमारी आमा’ निहारिका सिंहलाई पनि नियन्त्रणमा लिएको छ ।

२०७९ पुस १ शुक्रबार, बिहान १०:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । फरार सूचीमा रहेका डा. पंकज चौधरीका बुवा एवम् नेहा चौधरीको ससुरा रामप्रवेश चौधरीले उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गराएका छन् ।
बिहीबार दिउँसो स्वयं अदालतमा हाजिर भई उनले पंकजलाई थुनामुक्त गराउन बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गराएका हुन् ।
पंकज अहिले श्रीमती नेहा चौधरीमाथि घरेलु हिंसा गरेको आरोपमा महोत्तरी प्रहरीको नियन्त्रणमा छन् । सोही मुद्दामा नेहाले ससुरा रामप्रवेशसँगै ६ जनालाई विपक्षी बनाएकी छन् । तर, एकजना मात्रै पक्राउ छन् ।
महोत्तरी प्रहरीको फरार सूचीमा रामप्रवेशसँगै उनकी श्रीमती र छोरीहरू छन् । नेहाले फरार रहेका अन्य अभियुक्तलाई पनि पक्राउको माग गर्दै बिहीबार रामगोपालपुर नगरपालिकामा प्रदर्शन गरेकी थिइन् ।
पालिकामा तोडफोड गरेको आरोपमा प्रहरीले नेहा चौधरी र ‘कुमारी आमा’ निहारिका सिंहलाई पनि नियन्त्रणमा लिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…