आज रातीदेखि धनुषाको नेपाल–भारत बोर्डर तीनदिनसम्म सील हुने
सोमबारदेखि पुनः विधिवत रुपमा बोर्डर सँचालनमा आउने भएको छ ।

२०७९ पुस १ शुक्रबार, दिउँसो २:४३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । छिमेकी मुलुक भारतको बिहार राज्यस्थित स्थानीय तहको चुनावलाई लिएर बोर्डर सील हुने भएको छ ।
बिहार राज्यको मधुवनी जिल्लामा नगरपालिकाको चुनाव हुन लागेको भन्दै शुक्रबार राती १२ बजेदेखि नै ७२ घण्टाको लागि सीमा सील हुने भएको छ ।
आईतबार मधुवनी जिल्लाको नगरपालिकामा चुनाव हुन लागेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले जनकनन्दिनी गाउँपालिका, विदेह नगरपालिका, नगराईन नगरपालिका र मुखियापट्टि मुसरनीया गाउँपालिकाको क्षेत्रमा पर्ने धनुषाको नेपाल–भारत बोर्डर सील हुने भएको छ । सीमामा धनुषाको धनौजी गाउँपालिका पनि परेको छ ।
भारतसँगको खुल्ला बोर्डरको कारण नेपालबाट भारी सँख्यामा सर्वसाधारणहरु सस्तो भन्दै घरायसी सरसमानहरु किन्न पारी जाने गरेको छ । शुक्रबार रातीदेखि बन्द हुने बोर्डर आईतबार राती मात्र खुल्ने भएको छ ।
सोमबारदेखि पुनः विधिवत रुपमा बोर्डर सँचालनमा आउने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…