थारु र मुस्लिमलाई मधेशीबाट हटाउने मधेशी आयोगको निर्णय
थारु र मुस्लिम समुदायका विभिन्न संघ–संगठनहरुले थारु र मुस्लिम समुदायको छुटै पहिचान र सभ्यता रहेको र सो मधेशी समुदाय संग नमिल्ने भएकोले गर्दा मधेशी क्लस्टरमा आफुहरुलाई नराख्न मधेशी आयोगमा उजुरी दिएका थिए ।

२०७९ मंसिर २७ मंगलबार, दिउँसो ४:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशी आयोगले थारु र मुस्लिमलाई मधेशी समुदायको सूची बाट हटाउने निर्णय गरेको छ ।
आयोगले मसिंर २० गते बैठक बसी नेपालमा मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन–२०७८ बाट उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले बताएका छन् ।
मधेशी आयोगले गरेको निर्णय कार्यन्वयनको लागि आयोगकी उपसचिव सबिता डंगोलले प्रधानमंत्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएकी छिन ।
थारु र मुस्लिम समुदायका विभिन्न संघ–संगठनहरुले थारु र मुस्लिम समुदायको छुटै पहिचान र सभ्यता रहेको र सो मधेशी समुदाय संग नमिल्ने भएकोले गर्दा मधेशी क्लस्टरमा आफुहरुलाई नराख्न मधेशी आयोगमा उजुरी दिएका थिए ।

आयोगका अध्यक्ष डा. विजयकुमार दत्तका अनुसार सो उजुरी माथि आयोगले निर्णय लिदै थारु र मुस्लिम लाई मधेशी बाट हटाउने निर्णय गरेको बताएका छन ।
मधेशी आयोगले २०७८÷७९ को बार्षिक प्रतिवेदन मार्फत राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष थारु र मुस्लिम सहित १४९ जात लाई मधेशीको रुपमा सिफारिस गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…