एमालेको सचिवालय बैठक स्थगित
न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा एमालेले आज शुक्रबारका लागि बोलाएको सचिवालय बैठक स्थगित भएको छ। दिउँसो १ बजेका लागि बोलाएको बैठक स्थगित भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। उनका अनुसार अर्को बैठकको मिति र समयबारे छलफल भइरहेको भन्दै निश्चित भएपछि जानकारी दिने बताए। निर्वाचन आयोगले सम

२०७९ मंसिर २३ शुक्रबार, राति ८:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा एमालेले आज शुक्रबारका लागि बोलाएको सचिवालय बैठक स्थगित भएको छ।
दिउँसो १ बजेका लागि बोलाएको बैठक स्थगित भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। उनका अनुसार अर्को बैठकको मिति र समयबारे छलफल भइरहेको भन्दै निश्चित भएपछि जानकारी दिने बताए।
निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरुको सूची मागेपछि त्यसबारे निर्णय गर्न एमालेले आज बैठक बोलाएको थियो। आयोगले दलहरुलाई भोलि शनिबारसम्म नाम बुझाउन भनेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…