लोकस्टारको गन्तव्य नजिक पुगेर किन आउट भए 'रविराज' ?
आफ्नो स्वर र फरफरमेन्सको नयाँ अन्दाजका कारण सधैं चर्चामा रहेका रविराज नेपाल लोकस्टारबाट बाहिरिनुपर्दा समाजिक संजाल तातेको छ ।

२०७६ असोज १८ शनिबार, बिहान ८:१७ बजे४ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मौलिक सिंगिङ रियालिटी शो नेपाल लोकस्टारबाट रविराज साह बाहिरिएका छन् ।
लोकस्टारको शुक्रबार प्रसारित टप ५ को फाईनलबाट रविराज आउट भएका हुन् । निरन्तरको आफ्नो दमदार प्रस्तुतिका कारण उनी अत्यधिक चर्चा पाएपनि भोट भने चाहिने जति नपाएर बाहिरिनुपरेको हो ।
लोकस्टारको अन्य प्रतिस्पर्धीभन्दा अत्यधिक चर्चा पाएका रविराज टप ५ मा उक्लिनका लागि दर्शकको पर्याप्त भोट पाएनन् । कम भोटका कारण रविराज बाहिरिएसँगै लोकस्टारको उनको यात्रा टुंगिएको छ । रविराज आउट भएपछि उनका समर्थक एवं शुभचिन्तहरु भावुक भएका छन् भने रविराजलाई हौसला दिइरहेका छन् ।
नेपालकै सबैभन्दा ठूलो मौलिक शोको टप ५ सम्म पुग्नु चानचुने कुरा नभएको भन्दै समाजिक संजालमा रविराजलाई सहानुभूति दिनेको ओईरो लागेको छ । रविराज मधेशबाट भएपनि नेपाल लोकस्टारमा नेपालका विभिन्न समुदायका गीतलाई प्राथमिकता साथ राजेर गाएका उनको सर्वत्र चर्चा र प्रसंशा भयो । तर, कम भोटकै कारण बाहिरिनु भनेको मधेशबाटै उल्लेख्य सहयोग नभएको आवाजहरु पनि उत्तिकै छ ।
चौतर्फी चर्चा पाएका रविराजलाई मधेशबाटै पर्याप्त भोट गएन । अन्य–अन्य प्रतिस्पर्धीलाई दर्शक बाहेक राजनीतिक क्षेत्रबाट समेत आवश्यक सहयोग भएपनि रविराजलाई भने मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका अधिकांश नेताहरुबाट चाहिने सहयोग भएन । त्यसकारण उनी आउट हुनुपर्यो ।
आईएमई नेपाल लोकस्टारमा विभिन्न बाधा अवरोधका बाबजुद रविराज आफ्नो दमदार गायन कलाले शोमा तहल्का मचाउँदै लोकस्टारको ग्राण्ड फिनाले नजिक पुगेर भोटकै कारण आउट भएपछि मधेशको लागि यो सोचनीय विषय भएको भन्दै समाजिक संजालमा मधेशी युवाहरुले दुःख पोखिरहेका छन् । मधेश र पहाडबीचको खाल्डो संगित मार्फत् पुर्ने काम गरेका रविराजलाई समग्र नेपाली समुदायबाट सहयोग प्राप्त भएपनि मधेशले आवश्यक सहयोग गर्ने बेलामा पछि हटेको गुनासो छ ।
एकातर्फ आफ्नो स्वर र फरफरमेन्सको नयाँ अन्दाजका कारण सधैं चर्चामा रहेका रविराज नेपाल लोकस्टारबाट बाहिरिनुपर्दा समाजिक संजाल तातेको देखिएको छ । लोकस्टारमा रविराजसँग समुदायकै आधारमा हुुँदै आएको विभेदको यो निरन्तरता भएको टिप्पनी भइरहेको छ ।
नेपाल लोकस्टारमा आफ्नो भाषागत गीत संगीतमा सबैलाई झुमाउन सफल रविराज टप ५ को लागि बाहिरिनुपर्दा उनीसँग आन्तरिक रुपले विभेद गरिएको पनि प्रतिक्रिया फेसबुकमा देखिएको छ ।
एकजनाले समाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘प्रशान्त तामाङलाई अपनाउनेले रविराजलाई अपनाउन सकेन, मधेसमा एउटा सुरसरताजको उदय भएको छ, मधशेलाई तपाईमाथि गर्व छ रव । सन् २००५ मा सोनी टीभीबाट प्रसारित रियलिटी शो फेम गुरुकुलबाट टप ६ मा पुगेर अरिजित सिंह बाहिरिए, त्यो शो काजी तौकिर र रुपरेखा बेनर्जीले जिते । तर, आज काजी र रुपरेखालाई कसैले चिन्दैनन्, अरिजितलाई दुनियाँले चिन्छन्, तपाईको उज्जवल भविष्यको कामना ।’
अर्का एकजनाले लेख्छन्, लोकस्टारको सम्पूर्ण प्रतियोगीहरूमध्ये रविराज साह मात्र एक्लो यस्तो प्रतियोगी थिए, जसले नेपाली, भोजपुरी, मैथिली, बज्जिका, हिन्दी, अवधी, मगही, थारू आदि अनेकौं भाषामा बडो मज्जासँग मिठो गित गाए । लोकस्टारले आफ्नो फार्मेट र जनताले भोट गर्न कन्जुस्याई गरेका कारण एउटा बहुप्रतिभाशाली प्रतियोगी लोकस्टारले गुमाएको छ । हिमाल, पहाड, मधेश लगायतका लाखौं नेपाली रविको गित सुन्नबाट तत्काल वञ्चित भएका छन् । रविराज बाहिरनुले अमिठो अवश्य लागेको छ, तर प्रतिस्पर्धामा जितहार हुन्छ नै, यसले कसैको यात्रा रूक्दैन । आज रविराज लाखौं संगीत प्रेमीहरूको मन जित्न सफल भएको छ, यो भन्दा ठूलो उपहार रविराजको लागि केहि हुन सक्दैन । नेपालको कुनैपनि रियाल्टी शो मात्र पैसा कमाउने उद्देश्यले चलायो भन्ने हामी कहिले पनि उत्कृष्ट र प्रखर गायक पाउन सक्दैनौं । अगामी दिनको लागि रविराजलाई शुभकामना ।’
नेपाल लोकस्टारबाट बाहिरिएपनि आफ्नो सांगितिक यात्रा नटुंगिएको भन्दै अगाडिका लागि सबैको साथ सहयोग आवश्यक रहेको रविराजले आफ्ना शुभचिन्तकलाई संदेश दिएका छन् । यहाँसम्म ल्याइदिएकोमा उनले सबैप्रति आभार प्रकट गरे ।
विराजले आयोजक टिम, जजहरुलाई धन्यवाद दिँदै आफू आगामी दिनमा झन मिहिनेत गरेर आउने प्रतिवद्धता समेत गरेका छन् । मिथिला मधेशका विभिन्न दिग्गज संगित बादशाहहरुको गीत गाएर उनी सधैं चर्चामा रहदै आएका थिए ।
न्यूज ब्यूरोले रविराजको लागि समाचार मार्फत् गरेका प्रयासहरु :
नेपाल लोकस्टार : भोटको लागि रविराजको अपिल, यसरी गर्न सकिन्छ भोट !
नेपाल लोकस्टार : रविराजको लागि भोटिङ खुल्ला, तपाई छुट्टिनुभयो ?
मधेशले 'सुष्मा' को ऋण 'रविराज' लाई तिर्दै, पाए सबभन्दा बढी भोट !
नेपाल लोकस्टार : मधेशमा 'रविराज जिताउ' अभियान, टप १० का लागि भोटिङ खुल्ला
'नेपाल लोकस्टार' मा उदाउँदै मधेशका 'रविराज', भोटमा सबभन्दा अगाडी
टप ९ का लागि भोटिङ खुल्ला, मधेशले उठाउलान् त मौकाको फाईदा ?
रविराजलाई आज कम्तिमा ३ लाख भोट आवश्यक, तपाई भोट गर्नुभयो ?
खतराको मुखबाट बचे मधेशका छोरा 'रविराज', अझ भोटको आवश्यकता
नेपाल लोकस्टारमा 'रविराजसँग अन्याय' गरिँदै !
मधेशका रविराज 'एलै एक नटिनियाँ रे जान' गाएपछि फेसबुकमा भाईरल !
रविराजलाई राजपा नेता महतोको पनि साथ : 'एक नम्बरमा ल्याउनुछ'
नेपाल लोकस्टारको टप ७ मा जसोतसो जोगिए 'रविराज' !
रविराजसँग समुदायकै आधारमा हुन्छ अभद्र व्यवहार, एकले मागे माफी
लोकस्टारको जजद्धारा रविराजको मनोबल गिराउने खेल, जजलाई गालीको वर्षा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…