नेपाल लोकस्टारको टप ५ को फाईनल आज, रविराजलाई भोट गर्नुभयो ?
सबै समुदायको भावनात्मक सम्बन्ध जोड्ने पूलको काम गरिरहेका रविराजलाई जिताउन अब सबैको वास्तविक सहयोगको अत्ति खाँचो छ ।

२०७६ असोज १७ शुक्रबार, बिहान १०:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालकै सबैभन्दा ठूलो मौलिक सिंगिङ रियालिटी शो नेपाल लोकस्टारको टप ५ को फाईनल आज हुँदैछ ।
लोकस्टारको टप ५ को फाईनल राउण्ड आज (शुक्रबार) साँझ साढे ८ बजे प्रशारण हुन लागेको हो । उक्त राउण्डका लागि लोकस्टारको ग्राण्ड फिनाले नजिक पुगेका रविराज साहलाई आज पहिलेभन्दा धेरै नै भोटको भोटको आवश्कता छ ।
सबै समुदायको गीतलाई प्राथमिकता दिएर सर्वप्रिय गायक बनेका रविराजलाई टप ५ मा पुर्याउन आज अत्यधिक भोट चाहिएको छ । भोट गर्ने समय अब थोरै भएका कारण उनका समर्थकहरुले जोडतोडले भोटिङ अभियान चलाइरहेका छन् ।
गत सोमबार मध्यान्ह १२ बजेदेखि खुल्ला गरिएको भोटिङ आज (शुक्रबार) मध्यान्ह १२ बजे बन्द हुँदैछ । लोकस्टारभित्रैको विभिन्न बाधा अवरोधका बाबजुद आफ्नो दमदार गायन कलाले गन्तव्य पछ्याउँदै गइरहेका रविराजले पनि १२ बजेभित्रै आफूलाई धेरैभन्दा धेरै भोट गर्न अपिल गरेका छन् ।
रविराज मधेशी समुदायबाट भएपनि विभिन्न समुदायका गीतलाई स्थान दिएर गाउँदै आएका कारण चौतर्फी साथ र समर्थन पाइरहेका छन् । तर, यो अब भने रविराजलाई त्योभन्दा पनि बाक्लो सहयोग चाहिन्छ ।
सबै समुदायको भावनात्मक सम्बन्ध जोड्ने पूलको काम गरिरहेका रविराजलाई जिताउन अब सबैको वास्तविक सहयोगको अत्ति खाँचो छ । रविराजलाई मोबाईलबाट सिम कार्ड तथा आईएमई एप मार्फत् भोट गर्न सकिनेछ ।
रविराजलाई भोटिङ गर्ने तरिका :
नेपालका लागि : Type L (space) 01 Send to : 37000
For landline : 166677 And enter voting code : 01
भारतका लागि : Type L (space) 01 Send to : 53010
कतारका लागि : Type L (space) 01 Send to : 92300
साथै, IME Pay App मार्फत् विश्वभरबाट गर्न सकिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…