नेपाल लोकस्टार : भोटको लागि रविराजको अपिल, यसरी गर्न सकिन्छ भोट !
यतिबेला ‘टप १२’ को सेफ जोनमा रहेका उनलाई ‘टप ११’ मा पुर्याउन भोटको अवश्यकता छ ।

२०७६ भदौ ४ बुधबार, बेलुकी ६:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालको सबभन्दा ठूलो सिंगिङ रियालिटी शो ‘नेपाल लोक स्टार’मा मधेशबाट प्रतिनिधित्व गरिरहेका एकमात्र मधेशी अनुहार राविराज साह यतिबेला धमाल मचाइरहेका छन् ।
एपीवान टेलिभिजनबाट प्रशारण भइरहेको नेपाल लोक स्टारमा रविराज आफ्नो दमदार प्रस्तुतिका साथ दावेदारी बलियो बनाइरहेका छन् । संगित क्षेत्रमा मधेशका उदयमान रविराजलाई गन्तव्यसम्म पुर्याउन सबैको साथ सहयोगको खाँचो छ ।
यतिबेला ‘टप १२’ को सेफ जोनमा रहेका उनलाई ‘टप ११’ मा पुर्याउन भोटको अवश्यकता छ । टप ११ को सेफ जोनमा पुर्याउन धेरैभन्दा धेरै भोटको आवश्कता रहेको भन्दै रविराजले सबैमा भोटको लागि अग्रह गरेका छन् ।
भोटिङको लागि अहिले आईएमई एपबाट मात्र खुल्ला गरिएको छ भने सिमकार्डबाट भोटिङ गर्नका लागि भोली विहीबार साँझ ८ः३० देखि खुल्ला गरिनेछ । भोटिङको अन्तिम समय शुक्रबार दिउँसो १२ बजेसम्म दिइएको छ ।
नेपाल लोकस्टारबाट चम्किएकी सप्तरीकी सुष्माकुमारी झा प्रचारप्रसारको अभावमा कम भोटकै कारण बाहिरिन पुगेपछि रविराजको निम्ति व्यापक भोटको लागि प्रचारप्रचार भइरहेको छ । उनको प्रचारप्रसारमा समाजिक संजाल रंगिन झैँ भएको छ । आउँदो एपिसोडबाट उनी लगायत सबै प्रतिस्पर्धीहरु भोटका आधारमा आउट वा सेफ हुनेछन् ।
दर्शकको सपोर्ट र रविराजको दमदार प्रस्तुतिले गर्दा उनलाई नेपाल लोकस्टारको दावेदार मानिएको छ ।
रविराजलाई भोटिङ गर्ने तरिका :
नेपालका लागि : Type L (space) 01 Send to : 37000
For landline : 166677 And enter voting code : 01
भारतका लागि : Type L (space) 01 Send to : 53010
कतारका लागि : Type L (space) 01 Send to : 92300
साथै, IME Pay App मार्फत् विश्वभरबाट गर्न सकिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…