पहिला १० प्रतिशत साहु बेइमान थिए, अहिले ९० प्रतिशत ऋणी बेईमान भयोः मेयर साह
मेयर साहका अनुसार दुवै पक्षबीच विश्वास र इमानदारीको समस्या रहेसम्म यस्तो विवाद समाधान गर्न कठिन हुन्छ।

२०८३ मंसिर ९ बुधबार, बिहान ८:५९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मिटरब्याजसम्बन्धी समस्याबारे जनकपुरधामका मेयर मनोज साहले गरेको टिप्पणी चर्चामा आएको छ। उनले मिटरब्याजको विवादमा पहिले साहुहरूलाई दोषी मान्ने गरिएको भए पनि अहिले ऋणीहरूकै व्यवहारमाथि प्रश्न उठ्न थालेको बताएका छन्।
मेयर साहले भनेका छन्, “मिटरब्याजीको हकमा पहिला १० प्रतिशत साहु बेइमान थिए र अहिले ९० प्रतिशत ऋणी बेइमान भए अनि कसरी समस्या समाधान हुन्छ ?”
उनको भनाइले मिटरब्याजसम्बन्धी विवादमा साहु र ऋणी दुवै पक्षको भूमिकामाथि प्रश्न उठाएको छ। मेयर साहका अनुसार दुवै पक्षबीच विश्वास र इमानदारीको समस्या रहेसम्म यस्तो विवाद समाधान गर्न कठिन हुन्छ।
यद्यपि, मिटरब्याजसम्बन्धी विवादमा वास्तविक ऋण रकम, ब्याजदर, तमसुक, जग्गा धितो तथा भुक्तानीको प्रमाणका आधारमा निष्पक्ष छानबिन हुनुपर्ने माग पीडित पक्षले उठाउँदै आएको छ। मिटरब्याज पीडितहरूले फर्जी लिखत खारेज, विशेष कानुन र न्यायाधिकरण गठनलगायतका मागसमेत अघि सारेका छन् ।
उनले ऋण लिएपछि ऋणी कागज दर्ताको लागि वडामा नजाने समस्या आफूले स्वयँम देखेको बताएका छन् । ऋण लिने बेलामा समाजको अगाडी लिने अनि फिर्ता गर्ने बेलामा मनमुटाव गर्ने, मुद्दा गर्ने प्रवृतिले समाजमा विश्वास समेत गुमेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…