मधेशले 'सुष्मा' को ऋण 'रविराज' लाई  तिर्दै, पाए सबभन्दा बढी भोट !

रवी अहिलेसम्म सबभन्दा बढी भोट पाएर सेफजोनमा ल्याण्डिँग गरिसकेका छन् । उनलाई अझ भोंटको खाँचो रहेको छ । 

२०७६ भदौ ७ शनिबार
बिहान ०८:०१ बजे
न्यूज ब्यूरो | डेस्क


न्यूज ब्यूरो, जनकपुरधाम । नेपालको सबभन्दा ठूलो सिंगिङ रियालिटी शो ‘नेपाल लोक स्टार’मा मधेशबाट प्रतिनिधित्व गरिरहेका एकमात्र मधेशी अनुहार रविराज साह गाउनमा जति तेज छन्, दर्शकका मनमा बस्न पनि उत्तिकै तेज देखिएका छन् ।


नेपाल लोकस्टारमा धमाल मचाइरहेका प्रदेश २ सर्लाहीका रविरराज ‘टप ११’ प्रवेशमा सबैभन्दा बढी मत पाएका छन् । टप ११ का लागि छनोट भएर आएका १२ जना प्रतियोगी मध्ये सबैभन्दा अत्यधिक भोट पाएका रविराज टप ११ को सेफ जोनमा सजिलै पुग्न सफल भएका छन् । एपीवान टेलिभिजनबाट प्रशारण भइरहेको नेपाल लोक स्टारमा यससँगै रविराजको दावेदारी बलियो मानिएको छ 


यस अघि मधेशबाट प्रतिनिधित्व गरीरहेका अर्का प्रतियोगी सुस्मा कुमारी झा बाहिरिएका थिए । झाको सुरीलो स्वर लाई सधै जजहरुले सराहना गरे पनी उनी अरु प्रतियोगी भन्दा कम भोट ल्याएका कारण उनको टप १२ सम्मको पुग्ने यात्रा टुंगिएको थियो । 

 

रविराजले आफनो फेसबुकमा लेखेका छन् : 


मधेशीले अवसर पाउदैन र पाए पनि मधेशबाट धेरै सहयोग हुदैन भनेर अवाज उठी रहदा  रविराज साहलाई मधेशबाट  धेरै समर्थन भेटाएको छ । मधेशले सुस्मा कुमारी झा लाई धेरै सहयोग गर्न असफल भए पनि आफ्नो ऋण रविराज साह लाई सबैभन्दा बढी भोट गरेर तिर्न कोशिश गर्दै छन् ।


आईएमई नेपाल लोकस्टारको मञ्चमा मधेशको अर्को उदितनारायण झा भनेर पहिचान बनाउन सफल रविराज लाई तपाईं दर्शकहरु कै सहयोग र समर्थनको आवश्यकता देखिएको छ । सँचार र प्रचारको अभावमा तथा प्रविधिक ज्ञानको अभावमा पनि सुष्मालाई गुमाएका मधेशले रविलाई भने जीताउन कम्मर कसेको देखिएको छ ।


स्वर र कलाकी धनी मानिएकी सप्तरीकी सुष्मा झाले स्वरीली आवाज दिएर जजीस्टहरुको मन समेत मोहेकी थिइन, तर शो को नियमानुसार भोटिंग प्रक्रियाले गर्दा उनले धेरै सहयोग र भोट भने पाउन सफल भइनन् । कारण प्रविधि र प्रचारको कमी पनि देखिएको थियो । सुष्मा सुरुमा उदाएकी कारण भोटिंग प्रक्रियाले अत्यधिक प्रभाव पारेको देखिएपनि विभिन्न माध्यमबाट आम सर्वसाधारणले बुझ्दै जाँदा रविको लागि भोट दिरहेको देखिएको छ । रवी अहिलेसम्म सबभन्दा बढी भोट पाएर सेफजोनमा ल्याण्डिँग गरिसकेका छन् । उनलाई अझ भोंटको खाँचो रहेको छ । 

=======================

याद रहोस् भोटिंग आउँदो विहिबार राती ८ः३० बजेदेखि मात्र खुल्ला भई शुक्रबार दिउँसो १२ बजे बन्द हुन्छ ।

भोटिंग गर्ने तरिका निम्न बमोजिम रहेको छ ।

नेपालका लागि : Type L(space)01 Send to 37000 OR Dial from landline : 166677 Enter voting code : 01

भारतका लागि : Type L(space)01 Send to 53010

कतारका लागि : Type L(space)01 Send to 92300

#नोट: एउटै मोबाइलबाट जति पटक पनि भोट गर्न सकिन्छ । साथै IME PAY मोबाइल Appबाट समेत भोट गर्न सकिन्छ ।

 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

शहिदनगरका शिक्षा सँयोजक यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा

  • २०७६ भदौ ७ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । शहिदनगरका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा गरिएको छ ।  शहिदनगर नगरपालिकामा शिक्षा शाखा प्रमुखको पदमा बसेर गैर कानुनी कार्यहरु गरेको भन्दै विभिन्न राजनीतिक दलले

पूरा पढ्नुहोस्

Bureau Menus